बिहीबार, असार ११,२०८३ 01:38:25
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:38:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चिलिमे जलविद्युतको नाफा ११% ले घट्यो, विद्युत बिक्री आम्दानीमा समेत गिरावट

Laxmi Sunrise Bank Limited
चिलिमे जलविद्युतको नाफा ११% ले घट्यो, विद्युत बिक्री आम्दानीमा समेत गिरावट

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाफा घटेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४५ करोड ६९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.२३ प्रतिशतले कम हो । अघिल्लो आवको उक्त अवधिसम्म कम्पनीले ५१ करोड ४८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानीमा आएको कमी र खर्च बढेका कारण नाफा घट्न पुगेको हो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ८२ करोड ३६ लाख आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट ८२ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीको वित्त आम्दानी भने बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ९ करोड रुपैयाँबराबरको वित्त आम्दानी गरेको कम्पनीले १० करोड २८ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ ।

कम्पनीको अन्य आम्दानी भने २ करोड ८५ लाखबाट घटेर १ करोड ५३ लाखमा सीमित बनेको छ ।

कम्पनीको प्रशासनिक खर्च १ करोड ५३ लाखबाट बढेर २ करोड ५० लाख र ह्रासकट्टी खर्च ५ करोड ५२ लाखबाट बढेर ६ करोड ७१ लाख पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

९ अर्ब ४८ करोड रुपैयाँ बढीको चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ८६ करोड र कुल चालु दायित्व १३ करोड २ लाख रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.४२ रुपैयाँ, पीई रेसियो ७७.१२ गुणा, प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ र तरलता अनुपात २२.०१ प्रतिशत कायम भएको छ ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.