मंगलवार, असार १६,२०८३ 11:01:19
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:01:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको योग्यता नपुगेको भन्दै आयोगमा उजुरी

Laxmi Sunrise Bank Limited
सेबोनको अध्यक्ष छनौट समितिका सदस्य उदय निरौलाको योग्यता नपुगेको भन्दै आयोगमा उजुरी

काठमाण्डौं । धितोपत्र बोर्डको अध्यक्ष छनौट समितिका सदस्यमाथि योग्यताको प्रश्न उठेको छ । अध्यक्ष छनौट समितिका एक सदस्य प्राध्यापक उदय निरौलाको योग्यतामाथि प्रश्न उठाउँदै राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता भएको छ ।  

कानून व्यवसायी हरि बहादुर केसीले छनौट समितिको सदस्य बन्न उदय निरौलाको योग्यता नपुग्ने भन्दै आज राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता गराएका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

‘धितोपत्र ऐन २०६३ को दफा ३ मा धितोपत्र बोर्डको विज्ञ सदस्य नियुक्त हुनका लागि अर्थशास्त्र,व्यवस्थापन,आर्थिक वित्तीय,वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नाकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार,व्यवस्थापन,पूँजी बजार विकास,वित्तीय वा आर्थिक क्षेत्रमा कम्तिमा ७ वर्षको अनुभव प्राप्त विज्ञहरुमध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना सदस्य हुने व्यवस्था रहेको छ । र सोही ऐनको दफा ७ उपदफा(३)मा ‘उपदफा(३)बमोजिम अध्यक्ष नियुक्त गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति रहनेछ र सो समितिको सिफारिस यस दफा बमोजिम अध्यक्षको नियुक्ती हुनेछ ।’भन्ने कानूनी व्यवस्था रहेकोमा हालै नेपाल सरकारले धितोपत्र बोर्डको अध्यक्ष छनौटको लागि गठन गरेको समितिमा प्रा.उदय निरौलालाई नियुक्ती गर्दा ऐनमै तोकिएको विज्ञभन्दा पनि उपल्लो स्तरको विशेषज्ञ मान्नुपर्ने आधार र सो प्रमाणित गर्ने कागजातको प्रमाणित प्रतिलिपि छिटोभन्दा छिटो उपलब्ध गराउनु हुन अनुरोध गर्दछु ।’  निवेदनमा उल्लेख गरिएको छ ।  

नेपाल सरकारले धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादूर श्रेष्ठ, अर्थमन्त्रालयका सचिब कृष्ण हरि पुष्कर र शंकर देव क्याम्पसका प्रा.उदय निरौला सम्मिलित ३ सदस्यीय छनौट समिति गठन गरेको थियो ।

 यो समितिले हालै मात्रै ५ जनाको नाम सर्टलिष्ट गरेको थियो । हाललाई भने अध्यक्षको छनौट प्रक्रिया रोकिएको छ ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.