मंगलवार, श्रावण २६,२०८३ 05:24:09
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 05:24:09
Bizshala
Global IME Bank Limited

पूँजीगत खर्च ३२.२४% मात्रै, राजश्व संकलनको कस्तो छ अवस्था ?

Prabhu Bank Limited
पूँजीगत खर्च ३२.२४% मात्रै, राजश्व संकलनको कस्तो छ अवस्था ?
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा देशको पूँजीगत खर्च भने निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास(चैत महिनासम्म) पूँजीगत खर्च ३२.२४ प्रतिशत रहेको छ ।  

सरकारले चालु आर्थिक वर्षका लागि पूँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये चैत मसान्तसम्ममा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँबराबर मात्रै खर्च भएको छ ।

यो आवका लागि चालुगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबर रकम विनियोजन भएको छ । जसमध्ये हालसम्म ६ खर्ब ४४ अर्ब २ करोड ५४ लाख रुपैयाँ मात्रै खर्च भएको छ । जुन कुल चालुगत शीर्षकको ५१.९३ प्रतिशत हुँन आउँछ । वित्तीय व्यवस्था शीर्षकका लागि ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँबराबर विनियोजन भएको छ । जसमध्ये ५४.६४ प्रतिशत अर्थात् १ खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख रुपैयाँबराबर खर्च भएको छ ।

चालु आवका लागि सरकारले कुल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट विनियोजन गरेको थियो ।  

तेस्रो त्रैमाससम्म राजस्व सङ्कलनको अवस्था पनि अपेक्षा अनुरुप हुन सकेको छैन । सरकारले चालु आवका लागि कुल रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर तेस्रो त्रैमाससम्म भने ७ खर्ब ७३ अर्ब ३ करोड ६६ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । जुन वार्षिक लक्ष्यको ५२.५ मात्रै हो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X