काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले राजीनामा दिएका छन्। ढकालले बुधबार राजीना दिएका हुन् ।
अर्थ मन्त्रालयले तत्कालिन सरकारले नियुक्त गरेका सरकारी बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूलाई राजीनामा दिन मौखिक निर्देशन दिएका थियो । सोही निर्देशनपछि ढकालले पदबाट राजीनामा दिएका हुन्।
सरकारले हालै अध्यादेशमार्फत विभिन्न निकायमा नियुक्त १ हजार ५९४ पदाधिकारीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। यद्यपि, नेपाल राष्ट्र बैंक तथा अन्य सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू उक्त निर्णयको प्रत्यक्ष प्रभावमा परेका थिएनन्।

