शुक्रबार, असार २६,२०८३ 12:00:57
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 12:00:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमजी मोटरको नेपालमा नयाँ रणनीतिक साझेदारी, गोल्छा अर्गनाइजेशनमार्फत बजार विस्तार

Laxmi Sunrise Bank Limited
एमजी मोटरको नेपालमा नयाँ रणनीतिक साझेदारी, गोल्छा अर्गनाइजेशनमार्फत बजार विस्तार

काठमाण्डौ । भारतीय अटोमोबाइल कम्पनी JSW MG Motor India ले नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाउने उद्देश्यसहित Golchha Organization सँग रणनीतिक वितरण साझेदारी गरेको छ। साझेदारीअन्तर्गत थापाथलीस्थित नयाँ एमजी डिलरशिप औपचारिक रुपमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

नयाँ शोरुममार्फत ग्राहकले एमजीका प्रविधिमैत्री तथा फिचरयुक्त गाडीहरु प्रत्यक्ष अवलोकन र खरिद गर्न सक्नेछन्। शोरुममा विशेषगरी एमजी विन्डसर र एमजी कमेट मोडल प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीका अनुसार नेपालमा स्मार्ट तथा दिगो मोबिलिटीप्रति ग्राहकको रुचि बढ्दै गइरहेको सन्दर्भमा यो साझेदारीलाई दीर्घकालीन बजार विस्तारको महत्वपूर्ण कदमका रुपमा हेरिएको छ। एमजीले बिक्रीपछिको सेवा, ग्राहक समर्थन र पहुँच विस्तारमा समेत जोड दिने जनाएको छ।

नेपालका डिलर प्रिन्सिपल आकाश गोल्छाले एमजीका विश्वव्यापी रुपमा परिचित सवारीसाधन नेपाली ग्राहकसम्म ल्याउन पाउँदा उत्साहित रहेको बताएका छन्। उनका अनुसार नयाँ डिलरशिप आधुनिक पूर्वाधार र सेवा उत्कृष्टतामा केन्द्रित हुनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यससँगै जी.ओ. अटोमोबाइल्सले सीमित अवधिका लागि एमजीका गाडीमा विशेष प्रारम्भिक मूल्य सार्वजनिक गरेको छ। एमजी कमेट ईभीको सुरुवाती मूल्य १८ लाख ७५ हजार रुपैयाँ तथा एमजी विन्डसर ईभीको मूल्य ३९ लाख ७५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

सन् १९३० मा स्थापित गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ. अटोमोबाइल्स नेपालका अग्रणी अटोमोबाइल आयातकर्ता तथा वितरकमध्ये एक मानिन्छ। कम्पनीले विश्वस्तरीय ब्रान्डहरुसँगको साझेदारीमार्फत नेपाली बजारमा आधुनिक मोबिलिटी समाधान विस्तार गर्दै आएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.