शनिबार, श्रावण २,२०८३ 09:27:14
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:27:14
Bizshala
Global IME Bank Limited

सिटि होटल रु.१३.८७ करोड घाटामा, आम्दानीमा सामान्य सुधार

सिटि होटल रु.१३.८७ करोड घाटामा, आम्दानीमा सामान्य सुधार
New Office

काठमाण्डौ । सिटि होटल लिमिटेडले पौने १४ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड ८७ लाख ४६ हजार रुपैयाँ घाटा ब्यहोरेको हो ।  

कम्पनीले गत आवको तुलनामा भने घाटा कम गरेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले १७ करोड ३८ लाख ३ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो ।  

सो अवधिसम्म कम्पनीको आम्दानीमा सामान्य सुधार देखिदा कम्पनीले घाटा कम गरेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी ०.१७ प्रतिशलते बढेर ३७ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्म कम्पनीको यस्तो आम्दानी ३७ करोड ५४ लाख रुपैयाँ थियो ।  

कम्पनीको खर्च पनि सामान्य बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म २८ करोड २६ लाख रुपैयाँ खर्च गरेको यस कम्पनीले चालु आवको सो अवधिसम्म आइपुग्दा २९ करोड ३४ लाख रुपैयाँ खर्च गरेको छ । यसर्थमा कम्पनीको कुल खर्च गत आवको तुलनामा ३.८१ प्रतिशत वृद्धि भएको छ ।  

सो अवधिसम्म कम्पनीको इपीएस ४.६० रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९७.२८ रुपैयाँ, चालु अनुपात २.३६ गुणा, प्राइस अर्निङ रेसियो १०२.८१ गुणा ऋणात्मक र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८७.१३ रुपैयाँ रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.