बिहीबार, आश्विन २९,२०८३ 11:39:27
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 11:39:27
Bizshala
Global IME Bank Limited

सभामुख अर्यालद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस

Bizshala
सभामुख अर्यालद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस
New Office

काठमाण्डौँ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको रिक्त सचिव पदमा नयाँ नियुक्तिका लागि प्रकाश अधिकारीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका छन्। 

उक्त पद केही समयअघि सचिव हर्कराज राईलाई पदमुक्त गरिएपछि खाली भएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सभामुख अर्यालले बुधबार बिहान औपचारिक रूपमा राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गर्दै प्रतिनिधिसभा सचिव पदमा अधिकारीलाई नियुक्त गर्न सिफारिस गरेका हुन्।  

संसद् सचिवालय स्रोतका अनुसार सिफारिस सम्बन्धी फाइल राष्ट्रपति कार्यालयमा दर्ता भइसकेको छ र त्यसअनुसार आवश्यक संवैधानिक प्रक्रिया अघि बढाइएको छ।

नेपालको संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा सचिव जस्तो संवैधानिक पदमा नियुक्ति सीधै राष्ट्रपतिबाट हुने भएपनि त्यसका लागि सभामुखको सिफारिस अनिवार्य हुन्छ।  

संविधानको धारा १०६ ले संसद् सचिवालयका सचिवहरूको नियुक्ति, सरुवा र व्यवस्थापन सम्बन्धी अधिकार र प्रक्रिया स्पष्ट रूपमा निर्धारण गरेको छ।

सोही प्रावधानअनुसार अहिलेको नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सिफारिसमा परेका प्रकाश अधिकारी संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकाका स्थायी बासिन्दा हुन्।  

शैक्षिक रूपमा उनी बहुआयामिक पृष्ठभूमि भएका व्यक्ति हुन्।  

उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् भने पछि दक्षिण कोरियाको एक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा पनि स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।

निजामती सेवामा लामो अनुभव भएका अधिकारीले करिब २४ वर्ष सरकारी सेवामा काम गरेका छन्।  

उनले उपसचिव पदसम्मको जिम्मेवारी सम्हाल्दै सेवा अवधि पूरा गरी अवकाश लिएका थिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.