मंगलवार, श्रावण १९,२०८३ 04:57:25
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:57:25
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बालेन शाहको संसद्मा उपस्थितिबारे सभामुखको प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी

प्रधानमन्त्री बालेन शाहको संसद्मा उपस्थितिबारे सभामुखको प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी
New Office

काठमाण्डौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको सम्भावित उपस्थितिबारे उठेको विवादपछि सभामुख डीपी अर्यालले आज प्रधानमन्त्रीसँग छलफल गर्ने जानकारी दिएका छन्।  

विपक्षी दलले उठाएको मागअनुसार प्रधानमन्त्री संसद् बैठकमा उपस्थित हुने वा नहुने विषयमा स्पष्टता ल्याउन संवाद आवश्यक रहेको उनले बताएका हुन्।

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठक सञ्चालन भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनमै उभिएर विरोध जनाउँदै बैठक अवरुद्ध गरेपछि सदन केहीबेर तनावग्रस्त बनेको थियो।  

त्यसपछि सभामुख अर्यालले स्थिति सम्बोधन गर्दै प्रधानमन्त्रीसँग तत्काल छलफल तय गरिएको जानकारी दिएका थिए।

सभामुख अर्यालले आजको बैठक सम्पन्न भएपछि प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै तत्काल सदनमै विस्तृत जवाफ दिन असम्भव भएको बताए। 

उनले भने, “आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्नुपर्ने विषय छ। 

त्यसकारण आज यसको विस्तृत प्रतिउत्तर दिन हामीलाई समय पुग्दैन।”

उनका अनुसार प्रधानमन्त्री संसद्मा उपस्थित हुने कि नहुने भन्ने विषयमा अन्तिम निर्णय तत्काल दिन नसकिने अवस्था रहेको छ।

उनले थप स्पष्ट गर्दै भने, “जवाफ दिने क्रममा सम्माननीय प्रधानमन्त्रीज्यू आउन सक्नुहुन्छ कि सक्नुहुन्न, उहाँको अवस्था के छ भन्ने विषयमा अहिले निर्णय दिन सक्दिनँ।”

सभामुख अर्यालले प्रधानमन्त्रीसँगको छलफलपछि आगामी बैठकको कार्यसूची र व्यवस्थापनका विषयमा कार्यव्यवस्था समितिमा विस्तृत छलफल गरिने पनि बताए। त्यसपछि मात्र संसद्को आगामी कार्यदिशा तय हुने उनको भनाइ छ।

तर सभामुखको जानकारीपछि पनि नेपाली कांग्रेसका सांसदहरूले अवरोध जारी राखे, जसका कारण सदनको नियमित कार्यसञ्चालन प्रभावित भएको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.