मंगलवार, श्रावण ५,२०८३ 11:40:40
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:40:40
Bizshala
Global IME Bank Limited

अब धितोपत्र बोर्ड अध्यक्षविहीन नहुने, अर्थ मन्त्रालयका प्रतिनिधिले जिम्मेवारी सम्हाल्ने

अब धितोपत्र बोर्ड अध्यक्षविहीन नहुने, अर्थ मन्त्रालयका प्रतिनिधिले जिम्मेवारी सम्हाल्ने
New Office

काठमाण्डौ । अब धितोपत्र बोर्डको अनुपस्थितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्ड अध्यक्षको हैसियतमा काम गर्ने भएका छन् ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।  

धितोपत्र सम्बन्धी ऐन सहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको ‘सम्पत्ति शुद्धीकरण, निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संशोधन भएको हो ।  

यससँगै अब धितोपत्र बोर्ड अध्यक्षबिहीन नहुने भएको छ  । अब धितोपत्र बोर्डमा कुनै कारणबश कार्यकारी अध्यक्षको पद रिक्त हुन गएमा स्वतः बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्ड अध्यक्षको हैसियतमा काम गर्ने छन्  । ऐनको दफा (७) को उपदफा (७) पछि उपदफा ८ थपिएको छ । 

जसमा अन्यत्र जे सुकै कुरा लेखिएको भए पनि अध्यक्षको पद रिक्त भएमा उपदफा (७) बमोजिम नेपाल सरकारले निजलाई हटाएमा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिधिनित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्नेछ, भन्ने उल्लेख गरिएको छ ।  

यो नयाँ कानूनी व्यवस्थासँगै र अहिले बोर्डको अध्यक्ष पद रिक्त रहेको अवस्थामा अब स्वतः धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी रितेश कुमार शाक्यले पाउने भएका छन् । रमेश कुमार हमालको कार्यकाल गत पुस २० गते सकिएसँगै बोर्ड यतिबेला अध्यक्षविहन अवस्थामा छ । अब नयाँ अध्यक्ष नियुक्त नहुँदासम्म रितेश शाक्यले नै बोर्डको अध्यक्षको जिम्मेवारी पुरा गर्नेछन् ।  

यसअघि बोर्ड अध्यक्षविहिन बन्दा धितोपत्र बोर्डभित्रकै वरिष्ठ अधिकारीले निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । तर अब भने अर्थ मन्त्रालयको प्रतिनिधिले यस्तो जिम्मेवारी सम्हालेन भएका हुन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.