बुधबार, श्रावण २०,२०८३ 12:07:26
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:07:26
Bizshala
Global IME Bank Limited

वियरिस मारुबुजु क्याण्डल बनाएको बजारको अबको सपोर्ट कति–कतिमा ?

वियरिस मारुबुजु क्याण्डल बनाएको बजारको अबको सपोर्ट कति–कतिमा ?
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयर बजार करिब १७ अंकले घटेर बन्द भएको छ । बजार घट्दा अघिल्लो कारोबारको तुलनामा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आज वियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा बालिङ्गर ब्याण्डमार्फत बजारलाई नियाल्दा केही समय पहिले मध्य ब्याण्डबाट तल खसेको बजार तल्लो ब्याण्ड नजिक आएको छ । म्याक्डीमार्फत नियाल्दा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेका छन् ।  

आरएसआई ६० को तहबाट खसेर हाल ४२ को तहसम्म आएको छ । यस्तो विन्दु घट्दो बजारमा ओभर सोल्ड जोन ३० भन्दा तल पनि आउन सक्छ । 

समग्रमा ३ वटै इन्डिकेटरबाट बजारलाई नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । पिभटमार्फत बजारको अवस्था हेर्दा यदि अगामी दिनमा बजार घटेमा सपोर्ट क्रमशः २००१, १९७७, १९५५ मा लिने छ । यदि बढेमा भने बजारले नजिकको प्रतिरोध २०२४, २०७० र २१०० मा लिन सक्ने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.