शनिबार, श्रावण ९,२०८३ 05:43:02
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:43:02
Bizshala
Global IME Bank Limited

नेरुडे मिर्मिरे लघुवित्तद्वारा बाँकी नगद लाभांश तथा फिर्ता लगानी रकम दाबी गर्न आग्रह

नेरुडे मिर्मिरे लघुवित्तद्वारा बाँकी नगद लाभांश तथा फिर्ता लगानी रकम दाबी गर्न आग्रह
New Office

काठमाण्डौ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न आर्थिक वर्षमा सम्पन्न साधारणसभाबाट पारित नगद लाभांश तथा आईपीओ÷हकप्रद सेयर आवेदन वापत फिर्ता लिन बाँकी रकम सम्बन्धित सेयरधनी तथा लगानीकर्तालाई बुझिलिन आग्रह गरेको छ।

कम्पनीका अनुसार पाँच वर्षभन्दा बढी समय बितिसक्दा समेत केही सेयरधनीले नगद लाभांश संकलन नगरेको तथा आईपीओ वा हकप्रद सेयर खरिदका क्रममा सेयर नपरेको वा आंशिक रूपमा परेको कारण फिर्ता हुनुपर्ने रकम केही लगानीकर्ताले नबुझी राखेका छन्।

कम्पनीले त्यस्ता सेयरधनी तथा लगानीकर्ताको विवरण आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गरिसकेको जनाएको छ। सम्बन्धित व्यक्तिहरूलाई परिचयपत्रसहित सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय मध्यपुर थिमी–१, लोकन्थलीमा सम्पर्क गरी बाँकी रकम बुझिलिन आग्रह गरिएको छ।

निर्धारित अवधिभित्र कुनै दाबी प्राप्त नभएमा उक्त रकम कम्पनी ऐन तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.