शुक्रबार, असार १२,२०८३ 05:17:00
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:17:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुलभ अग्रवालले हिरासतभित्रै आइप्याड प्रयोग गरेको भेटिएपछि प्रहरीमाथि छानबिन

Laxmi Sunrise Bank Limited
सुलभ अग्रवालले हिरासतभित्रै आइप्याड प्रयोग गरेको भेटिएपछि प्रहरीमाथि छानबिन

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका सुलभ अग्रवालसँग हिरासतभित्र आइप्याड भेटिएको विषयमा छानबिन सुरू भएको छ । अग्रवालले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतभित्रै आइप्याड प्रयोग गरिरहेको भन्ने उजुरी परेपछि प्रहरी प्रशासनले छानबिन समिति गठन गरेको हो ।

समितिले यस विषयमा प्रहरीको भूमिका, सुरक्षा व्यवस्था र नियन्त्रण प्रक्रियाबारे विस्तृत रूपमा छानबिन गर्नेछ ।

New Office
CG Motors
Garima Development Bank

यस विषयको अनुसन्धान गर्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीको नेतृत्वमा छानबिन प्रक्रिया अघि बढाइएको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको भए पनि विभागको आफ्नै हिरासत नभएकाले उनलाई प्रहरीको नियन्त्रणमा राखिएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.