शुक्रबार, श्रावण ८,२०८३ 11:25:55
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 11:25:55
Bizshala
Global IME Bank Limited

सामसुङका ४७ हजार कामदार हड्तालमा उत्रिदै, सेयरमूल्यमा गिरावट

सामसुङका ४७ हजार कामदार हड्तालमा उत्रिदै, सेयरमूल्यमा गिरावट
New Office

काठमाण्डौ । दक्षिण कोरियाको प्रमुख प्रविधि कम्पनी सामसुङका ४७ हजार भन्दा बढी कर्मचारी बिहीबारदेखि हड्तालमा उत्रिने भएका छन्। तलब तथा बोनस सम्बन्धी वार्तामा व्यवस्थापन र श्रमिक युनियनबीच सहमति नजुटेपछि कामदार हड्ताल गर्न लागेका हुन् ।

कामदार आन्दोलित हुने खबर बाहिरिएसँगै कम्पनीको सेयरमूल्य करिब ३ प्रतिशतले घटेको छ। श्रमिक युनियनले दक्षिण कोरियाको राष्ट्रिय श्रम सम्बन्ध आयोगको मध्यस्थता प्रस्ताव स्वीकार गरे पनि मम्पनीले उक्त प्रस्ताव अस्वीकार गरेको बताइएको छ। युनियनका प्रवक्ता चोई सेउङ होका अनुसार कम्पनीले वार्तालाई निरन्तरता दिन समय मागे पनि अन्तिम निर्णयमा ढिलाइ गरेको कारण प्रक्रिया अघि बढ्न सकेन।

युनियनले सामसुङको नाफामा आधारित बोनस प्रणालीलाई प्रमुख मुद्दा बनाएको छ। उनीहरूले कम्पनीको सञ्चालन नाफाको १५ प्रतिशतबराबर बोनस, बोनस सीमाको हटाउने व्यवस्था तथा स्पष्ट र औपचारिक बोनस संरचनाको माग गरेका छन्।

यता कम्पनीले युनियनका मागहरू अत्यधिक भएको र ती स्वीकार गर्दा कम्पनीको व्यवस्थापन सिद्धान्तमा असर पर्ने बताएको छ। तर कम्पनीले संवाद जारी राख्ने प्रतिबद्धता समेत जनाएको छ।

यस हडतालमा ४७ हजार भन्दा बढी कर्मचारी सहभागी हुने अनुमान गरिएको छ। यद्यपि दक्षिण कोरियाको अदालतले सेमीकन्डक्टर उत्पादनजस्ता संवेदनशील क्षेत्रमा अवरोध नपुग्ने गरी हडताल सीमित गर्न आदेश दिएको छ।

दक्षिण कोरियाका राष्ट्रपति ली जाई मुङ र प्रधानमन्त्री किम मिन सियोकलगायत सरकारी अधिकारीहरूले दुबै पक्षलाई सहमति गर्न आग्रह गरेका छन्। साथै, सरकारले अर्थतन्त्रमा गम्भीर असर पर्ने अवस्थामा ३० दिनसम्म हडताल स्थगित गर्ने आपतकालीन समायोजन उपाय प्रयोग गर्न सक्ने संकेत पनि दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.