मंगलवार, श्रावण १९,२०८३ 08:07:25
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 08:07:25
Bizshala
Global IME Bank Limited

पश्चिम बंगालको राजनीति फेरि तात्यो, ममता बनर्जीविरुद्ध धार्मिक भावना भड्काएको आरोपमा ममतामाथि मुद्दा दर्ता

पश्चिम बंगालको राजनीति फेरि तात्यो, ममता बनर्जीविरुद्ध धार्मिक भावना भड्काएको आरोपमा ममतामाथि मुद्दा दर्ता
New Office

काठमाडौं । ममता बनर्जीविरुद्ध धार्मिक तथा साम्प्रदायिक भावना भड्काउने आरोपमा एफआईआर दर्ता भएपछि पश्चिम बंगालको राजनीति फेरि तातेको ।  

 

विपक्षी भारतीय जनता पार्टी (भाजपा) निकट नेतृ तथा अधिवक्ता रिंकी चटर्जी सिंह ले साइबर क्राइम प्रहरीमा उजुरी दर्ता गराएकी हुन् ।

उजुरीमा ममता बनर्जीले धार्मिक कार्यक्रममा दिएको भनिएको अभिव्यक्तिले हिन्दू समुदायको भावनामा चोट पुर्‍याएको र सामाजिक सद्भाव बिगार्ने खतरा पैदा गरेको आरोप लगाइएको छ ।  

विशेषगरी विधानसभा चुनावअघि कोलकाताको धर्मतल्ला क्षेत्रमा आयोजित राजनीतिक र्‍यालीमा उनले दिएको अभिव्यक्ति अहिले विवादको केन्द्र बनेको छ ।

प्रहरी स्रोतका अनुसार उजुरीमा ममताले “एउटा विशेष समुदायले चाहेमा अर्को समुदायलाई केही मिनेटमै समाप्त गर्न सक्छ” भन्ने आशयको टिप्पणी गरेको दाबी गरिएको छ ।  

यही अभिव्यक्तिलाई लिएर साम्प्रदायिक तनाव भड्काउने प्रयास भएको आरोप लगाइएको हो ।

उजुरीकर्ता सिंहले सुरुवातमा प्रहरीले एफआईआर दर्ता गर्न आनाकानी गरेको तर लगातार दबाबपछि अन्ततः मुद्दा दर्ता गरिएको दाबी गरेकी छन् ।

प्रहरीले ममता बनर्जी विरुद्ध भारतीय दण्ड संहिताअन्तर्गत आपराधिक धम्की, जानाजानी अपमान तथा शान्ति भंग गर्न सक्ने गतिविधिसम्बन्धी धारामा मुद्दा दर्ता गरिएको जनाएको छ ।

भारतमा चुनावी गतिविधि तीव्र बन्दै गइरहेका बेला धार्मिक अभिव्यक्ति र साम्प्रदायिक टिप्पणीलाई लिएर राजनीतिक आरोप–प्रत्यारोप पनि चर्किन थालेका छन् ।  

ममता बनर्जीविरुद्धको यो प्रकरणलाई तृणमूल कांग्रेस र भाजपा बीचको बढ्दो राजनीतिक ध्रुवीकरणको अर्को अध्यायका रूपमा समेत हेरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.