मंगलवार, श्रावण १९,२०८३ 09:21:46
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:21:46
Bizshala
Global IME Bank Limited

खाने तेलमै कैफियत, विभागले रोक्यो ‘तेज’ ब्रान्डको बिक्री

खाने तेलमै कैफियत, विभागले रोक्यो ‘तेज’ ब्रान्डको बिक्री
New Office

काठमाण्डौं । बजारमा बिक्री भइरहेको ‘तेज’ ब्रान्डको तोरी तेल न्यून गुणस्तरको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उत्पादन तत्काल बजारबाट हटाउन कडा निर्देशन दिएको छ ।

विभागले रुपन्देहीस्थित सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादन गरिएको तोरी तेल सरकारी खाद्य मापदण्डअनुसार नभेटिएको भन्दै बिक्री वितरणसमेत रोक्न आदेश जारी गरेको हो ।

विभागका अनुसार नियमित बजार अनुगमनका क्रममा संकलन गरिएको तेलको नमूना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर सम्बन्धी विभिन्न सूचकमा कैफियत देखिएको थियो ।  

परीक्षणपछि सम्बन्धित ब्याचको तेल “न्यूनस्तर” को रहेको निष्कर्ष निकालिएको विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सम्बन्धित कम्पनीलाई बजारमा पठाइएको उक्त ब्याचको सम्पूर्ण तेल आफ्नै खर्चमा फिर्ता गर्न निर्देशन दिएको छ ।  

साथै उपभोक्ताको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै उक्त तेल बिक्री नगर्न तथा बजारमा उपलब्ध भए हटाउनसमेत भनिएको छ ।

विभागका अनुसार समस्या देखिएको तेल आयातित तोरी प्रयोग गरेर उत्पादन गरिएको थियो ।  

उक्त तेलको उत्पादन मिति २०८२ फागुन २८ रहेको छ भने ब्याच नम्बर २० भएको जनाइएको छ ।  

यसको उपभोग्य अवधि ६ महिना तोकिएको थियो ।

खाद्य प्रविधि विभागले प्रयोगशाला परीक्षणमा तेलका केही महत्वपूर्ण गुणस्तरीय ‘प्यारामिटर’ सरकारले तोकेको न्यूनतम स्तरभन्दा तल देखिएको जनाएको छ । 

यद्यपि कुन सूचकमा समस्या देखिएको हो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

विभागले उपभोक्तालाई सम्बन्धित ब्याचको ‘तेज’ ब्रान्डको तोरी तेल प्रयोग नगर्न आग्रह गर्दै बजारमा बिक्री भइरहेको भेटिए जानकारी गराउन पनि अनुरोध गरेको छ ।

पछिल्ला महिनाहरूमा बजारमा गुणस्तरहीन खाद्य वस्तु फेला पर्ने घटना बढिरहेका बेला यो घटनाले फेरि खाद्य सुरक्षा, बजार अनुगमन र उपभोक्ता संरक्षण प्रणालीमाथि प्रश्न उठाएको छ ।  

उपभोक्ता अधिकारकर्मीहरूले नियमित अनुगमनलाई थप प्रभावकारी बनाउन, प्रयोगशाला परीक्षणलाई व्यापक बनाउन र गुणस्तरहीन खाद्य उत्पादन गर्ने उद्योगमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

विशेषगरी दैनिक उपभोगमा प्रयोग हुने खाने तेलमै गुणस्तर समस्या देखिनुले आम उपभोक्तामा स्वास्थ्य सुरक्षाबारे चिन्ता बढाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.