आईतवार, असार १४,२०८३ 02:01:55
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:01:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कूटनीतिमा नयाँ अभ्यासः सरकारले पहिलोपटक खुलायो राजदूत आवेदन

Laxmi Sunrise Bank Limited
कूटनीतिमा नयाँ अभ्यासः सरकारले पहिलोपटक खुलायो राजदूत आवेदन

काठमाण्डौ । सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकसँग आवेदन आह्वान गरेको हो ।

मन्त्रालयका अनुसार आगामी जुन ५ भित्र आवेदन दिनुपर्नेछ । यससँगै राजदूत नियुक्तिका लागि आवश्यक योग्यता, अनुभव, आचरण र छनोट प्रक्रियासम्बन्धी विस्तृत निर्देशिकासमेत सार्वजनिक गरिएको छ ।

New Office
CG Motors
Garima Development Bank

सरकारले यसअघि राजनीतिक भागबण्डा वा सिफारिसका आधारमा राजदूत नियुक्ति गर्दै आएकोमा अब पहिलोपटक खुला आवेदन प्रणाली लागू गर्न खोजेको हो । यसलाई कूटनीतिक नियुक्तिलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने प्रयासका रूपमा हेरिएको छ ।

निर्देशिकाअनुसार राजदूत पदका लागि आवेदन दिने व्यक्ति कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्नेछ । साथै, मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । उच्च शैक्षिक योग्यता, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

राजदूतका आकांक्षीले भ्रष्टाचार, नैतिक पतन वा फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको हुनुपर्नेछ भने विदेशी मुलुकको पीआर, ग्रीनकार्ड वा आवासीय अनुमति लिएको व्यक्ति अयोग्य मानिनेछ । त्यस्तै, प्रस्तावित मुलुकसँग स्वार्थ नबाझिएको र विदेशी सहायता प्राप्त गैरसरकारी संस्थामा हाल कार्यरत नरहेको हुनुपर्ने सर्त पनि राखिएको छ ।

मन्त्रालयले अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेका, उच्च सरकारी, कूटनीतिक वा कर्पोरेट नेतृत्व तहमा काम गरेको अनुभव भएका तथा सम्बन्धित देशको भाषा जान्ने व्यक्तिलाई विशेष प्राथमिकता दिने जनाएको छ ।

प्राप्त आवेदनहरू परराष्ट्र मन्त्रालयले प्रारम्भिक मूल्यांकन र छनोट गर्नेछ । त्यसपछि योग्य उम्मेदवारहरूको नाम मन्त्रिपरिषद्मा पठाइनेछ । मन्त्रिपरिषद्को सिफारिसपछि संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेर राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नियुक्तिपछि राजदूतहरूले परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने र तोकिएको कार्यक्षेत्रमा जिम्मेवारी सम्हाल्नुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले तोकिएको आवेदन फारम मन्त्रालयको वेबसाइट वा मन्त्रालयबाट प्राप्त गर्न सकिने जनाएको छ । इच्छुक उम्मेदवारहरूले आफ्नो विस्तृत व्यक्तिगत विवरणसहित आवेदन अनलाइन वा मन्त्रालयमा प्रत्यक्ष बुझाउन सक्नेछन् ।

राजदूत नियुक्तिसम्बन्धी संशोधित निर्देशिका २०७५ (संशोधन २०७८ र २०७९) अनुसार यो प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.