मंगलवार, श्रावण १९,२०८३ 08:02:33
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 08:02:33
Bizshala
Global IME Bank Limited

पूर्व जाने बसमा अब सीसी क्यामेरा र जीपीएस, टिकट पनि अनलाइनबाटै

पूर्व जाने बसमा अब सीसी क्यामेरा र जीपीएस, टिकट पनि अनलाइनबाटै
New Office

काठमाण्डौं । पूर्वी नेपालतर्फ सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनमा प्रविधिमैत्री सेवा विस्तार हुन थालेको छ ।  

काठमाडौँको नयाँ बसपार्कबाट पूर्वका विभिन्न गन्तव्यमा जाने अधिकांश बसमा सिसी क्यामेरा र जिपिएस ट्र्याकिङ प्रणाली जडान गरिएको छ भने यात्रुले अब अनलाइनमार्फत टिकट बुकिङ गर्न सक्ने व्यवस्था पनि लागू गरिएको छ ।

सरकारले सार्वजनिक सवारीसाधनमा जिपिएस र सिसी क्यामेरा अनिवार्य गर्ने नीति अघि बढाइरहेका बेला पूर्व यातायात व्यवस्थापन प्रालिले त्यसलाई व्यवहारमै कार्यान्वयन गर्दै पूर्व क्षेत्रमा सञ्चालन हुने आफ्ना सवारीसाधनमा आधुनिक निगरानी प्रणाली जडान गरेको हो ।

नयाँ बसपार्कबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने ८१ वटा सार्वजनिक सवारीसाधनमा जिपिएस ट्र्याकिङ र सिसी क्यामेरा जडान गरिसकिएको छ ।  

यसले यात्रुको सुरक्षा, सवारी सञ्चालनको निगरानी तथा सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

काठमाडौँ–पूर्व रुटमा चल्ने सार्वजनिक सवारीसाधनलाई २०८० साउनदेखि एउटै व्यवस्थापन प्रणालीअन्तर्गत सञ्चालन गरिँदै आएको छ ।  

सोही व्यवस्थाअन्तर्गत अहिले ताप्लेजुङ, तेह्रथुम, संखुवासभाको खाँदबारी, झापा, विराटनगर, धरान, इलाम, गाईघाट, जनकपुर, राजविराज, वीरगञ्जलगायत पूर्वी नेपालका प्रमुख गन्तव्यमा नियमित बस सेवा सञ्चालन भइरहेको छ ।

सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले जीपीएस तथा सीसी क्यामेरा प्रणाली लागू गरिएको छ ।  

यात्रु सेवामा थप सुधार ल्याउन कम्पनीले अब छिट्टै ‘लगेज ट्याग’ प्रणालीसमेत लागू गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । 

यात्रुहरूलाई सहज सेवा उपलब्ध गराउने लक्ष्यसहित अनलाइन टिकट प्रणाली पनि सञ्चालनमा ल्याइसकिएको कम्पनीले जनाएको छ ।  

यस व्यवस्थाबाट यात्रुले घरमै बसेर टिकट बुकिङ गर्न सक्नेछन् भने बसपार्कमा पुगेर लाइन बस्नुपर्ने झन्झट कम हुने विश्वास गरिएको छ ।

सार्वजनिक यातायात क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा यात्रुको सुरक्षा, पारदर्शिता र सेवा गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।  

विशेषगरी लामो दूरीका यात्रामा सवारीको अवस्थाबारे रियल–टाइम निगरानी गर्न सकिने भएकाले जिपिएस प्रणालीलाई यात्रु सुरक्षासँग प्रत्यक्ष रूपमा जोडेर हेरिएको छ ।

पूर्व यातायात व्यवस्थापन प्रालिको यो पहललाई सार्वजनिक यातायात क्षेत्रको आधुनिकीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.