बिहीबार, असार १८,२०८३ 09:02:46
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:02:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

म्यानमारमा भीषण विस्फोटः ५५ जनाको मृत्यु, दर्जनौँ घाइते

Laxmi Sunrise Bank Limited
म्यानमारमा भीषण विस्फोटः ५५ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाण्डौ । म्यानमारको विद्रोही नियन्त्रणमा रहेको सान स्टेटको नामखाम टाउनशिपमा आइतबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। स्थानीय स्रोतहरूका अनुसार मृतकमध्ये २५ महिला र ३० पुरुष रहेका छन्, यद्यपि विभिन्न सञ्चारमाध्यमहरूले फरक–फरक तथ्यांक सार्वजनिक गरेका छन्।

उक्त क्षेत्रको नियन्त्रणमा रहेको टाङ नेशनल लिबरेशन आर्मी (टीएनएलए) ले खानी तथा ढुंगा उत्खननमा प्रयोग हुने विस्फोटक पदार्थ अनायास विस्फोट हुँदा दुर्घटना भएको जनाएको छ। टीएनएलएका अनुसार आइतबार दिउँसो करिब १२ बजे भएको विस्फोटका कारण स्थानीय बासिन्दाको ज्यान गएको, धेरै घाइते भएको तथा घरहरूमा व्यापक क्षति पुगेको छ।

New Office
CG Motors
Garima Development Bank

प्रत्यक्षदर्शीहरूले सुरुवातमा यसलाई हवाई आक्रमण ठानेको बताएका छन्। सामाजिक सञ्जालमा एक स्थानीय बासिन्दाले आफू मोबाइल हेर्दै कोठाभित्र बसेको कारण जोगिएको उल्लेख गर्दै, घटनापछि मानिसहरू आफ्ना परिवारजनलाई खोज्दै रुँदै चिच्याइरहेको हृदयविदारक अवस्था देखिएको बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उद्धारकर्मीहरूका अनुसार विस्फोटपछि ७० भन्दा बढी घाइतेलाई अस्पताल पुर्याइएको छ भने सयभन्दा बढी घरमा क्षति पुगेको छ। केही रिपोर्टहरूमा बालबालिकासमेत मृतकमध्ये परेको उल्लेख गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.