बुधबार, माघ २३,२०८१ 10:22:01
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:22:01
IME remit
Global IME Bank Limited

१० वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, एनआईसी एशिया बैंकको ईपीएस रु.२९.४७ ले घट्यो

Hyundai Nepal
१० वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, एनआईसी एशिया बैंकको ईपीएस रु.२९.४७ ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमाससम्म साढे ४० अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकले ४० अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएका हुन् ।  

तर यो नाफा गत आवको तुलनामा १३.४७ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म वाणिज्य बैंकहरुले ४७ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका थिए ।  

समिक्षा अवधिसम्म अधिकांश बैंकहरुको खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्न पनि पुगेको छ । गत वर्षमा उल्लेख्य नाफा कमाएका बैंकहरुको चालु आवमा दायित्व बढ्न पुग्दा नाफा प्रभावित बन्न पुगेको हो ।  

तेस्रो त्रैमाससम्म ७ वटा बैंकले मात्रै गत वर्षको तुलनामा नाफा बढाउन सफल भएका छन्, भने १२ वटा बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ । खुद नाफा बढाउन नसक्दा अधिकांश बैंकको वितरणयोग्य नाफा समेत प्रभावित बन्न पुगेको छ ।  

समिक्षा अवधिसम्म ९ वटा कमर्सियल बैंकको मात्रै वितरणयोग्य नाफा धनात्मक अवस्थामा छ । बाँकी १० वटा बैंक (राष्ट्रिय वाणिज्य बैंक बाहेक)को वितरणयोग्य नाफा भने ऋणात्मक अवस्थामा छ । अर्थात् यी बैंकहरुसँग आफ्ना सेयधरनीलाई लाभांश बाँड्न योग्य रकम छैन ।  

नाफा घट्दा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (ईपीएस)समेत घट्न पुगेको छ । १९ वटा वाणिज्य बैंकमध्ये ३ वटा बैंकको ईपीएस मात्रै गत वर्षको तुलनामा वृद्धि भएको छ । एनआइसी एशिया बैंकसहित १६ वटा बैंकको ईपीएस घट्न पुगेको छ ।  

चैत मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउनेमो नबिल बैंक रहेको छ । नबिल बैंकले मात्रै ४ अर्ब ६६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ ।  

तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले चैत मसान्तसम्म ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । चौथोमा प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले २ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ ।  

एभरेष्ट बैंकले पनि २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएर पाँचौ स्थान ओगट्न सफल भएको छ । यता सबैभन्दा थोरै नाफा कमाउने बैंकमा नेपाल बैंक रहेको छ । बैंकले तेस्रो त्रैमाससम्म जम्मा १३ करोड ५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।  

७ वटा बैंकले मात्रै बढाए मुनाफा  

गत वर्षको तुलनामा ७ वटा कमर्सियल बैंकले मात्रै खुद नाफा बढाउन सफल भएका छन् । सर्वाधिक नाफा वृद्धि गर्नेमा कृषि विकास बैंक रहेको छ । बैंकले ९७.२२ प्रतिशतले नाफा बढाएको छ ।  

त्यस्तै, दोस्रोमा लक्ष्मी सनराईज बैंकले २७.७० प्रतिशतले नाफा वृद्धि गरेको छ । यता प्राइम कमर्सिल बैंकले पनि १६.६६ प्रतिशतले नाफा बढाएको छ । यसका साथै सिद्धार्थ बैंकले १३.०२ प्रतिशत, हिमालयन बैंकले १२.०४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७.५२ प्रतिशत र एभरेष्ट बैंकले ५.७७ प्रतिशतले नाफा बढाएका छन् ।  

गत आवको तुलनामा चालु आवमा १३ वटा बैंकको नाफा भने घट्न पुगेको छ । सर्वाधिक नाफामा गिरावट आउने बैंकमा नेपाल बैंक रहेको छ । गत वर्ष १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आवमा जम्मा १३ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ । बैंकको नाफा ९२.६८ प्रतिशतले घट्न पुगेको हो ।  

त्यस्तै, दोस्रोमा एनआइसी एशिया बैंकको ५२.३१ प्रतिशतले नाफा घटेको छ ।  

१० वटा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक  

समिक्षा अवधिसम्ममा १० वटा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा छ । बाँकी ९ वटा बैंकको अवस्था भने धनात्मक रहेको छ ।  

तेस्रो त्रैमाससम्म सबैभन्दा बढी एभरेष्ट बैंकले वितरणयोग्य मुनाफा छुट्याएको छ । बैंकले २ अर्ब ७५ करोड रुपैयाँ वितरणयोग्य नाफा छुट्याएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

साथै गत आवको तुलनामा ३ वटा कमर्सियल बैंकको मात्रै वितरणयोग्य मुनाफा बढेको छ । सर्वाधिक कृषि विकास बैंकको ९३.१४ प्रतिशतले बृद्धि भएको छ । यसका साथै प्राइम कमर्सियल बैंकको ३.९२ प्रतिशतले बढेको छ । साथै गत आवको यसै अवधिसम्म वितरणयोग्य नाफा १८ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको प्रभु बैंकले यस अवधिसम्म १६ करोड ६५ लाख रुपैयाँ छुट्याएको छ ।  

एनआइसी एशिया बैंकको ईपीएस रु.२९.४७ ले घट्यो  

चालु आवको तेस्रो त्रैमाससम्ममा अधिकांश बैंकहरुको ईपीएसमा समेत गिरावट आएको छ । समिक्षा अवधिसम्म बैंकहरुको खुद नाफामा संकुचन देखिंदा ईपीएस पनि घट्न पुगेको हो ।  

चालु आवको चैत मसान्तसम्म तीन वटा वाणिज्य बैंकको मात्रै ईपीएस गत वर्षको तुलनामा बढ्न पुगेको छ । सर्वाधिक कृषि विकास बैंकको १०.०३ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको २.८२ रुपैयाँ र सिद्धार्थ बैंकको १.८६ रुपैयाँले ईपीएस बढेको छ ।  

गत आवको तुलनामा सर्वाधिक ईपीएसमा गिरावट आउने बैंकमा एनआईसी एशिया बैंक रहेको छ । गत वर्षको यस अवधिसम्म ४६.७६ रुपैयाँ रहेको एनआइसी एशियाको ईपीएस यस अवधिसम्म २९.४७ रुपैयाँले घटेर १७.२९ रुपैयाँ कायम भएको छ ।  

तेस्रो त्रैमाससम्म सबैभन्दा बढी ईपीएस भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकको ईपीएस ३४.६० रुपैयाँ रहेको छ, भने दोस्रोमा एभरेष्ट बैंकको २९.५५ रुपैयाँ रहेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.