बुधबार, असार १०,२०८३ 08:18:31
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:18:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ईभी ट्याक्सी चालकलाई राहत: एक्सप्रेस-टी सर्भिस सेन्टर अब १५ घण्टा खुला

Laxmi Sunrise Bank Limited
ईभी ट्याक्सी चालकलाई राहत: एक्सप्रेस-टी सर्भिस सेन्टर अब १५ घण्टा खुला

काठमाडौं । नेपालमा विद्युतीय ट्याक्सी सेवाको विस्तारसँगै बिक्रीपछिको सेवामा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यही क्रममा एक्सप्रेस–टीले आफ्ना ग्राहकलाई लक्षित गर्दै बालकुमारीस्थित डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा बढाएको छ।

कम्पनीले अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्ने घोषणा गरेको छ। यससँगै एक्सप्रेस–टीको सर्भिस सेन्टर दैनिक १५ घण्टा खुला रहने भएको छ।

New Office
CG Motors
Garima Development Bank

यसअघि बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म मात्रै सेवा उपलब्ध हुने व्यवस्था थियो। नयाँ समय तालिका लागू भएपछि विशेषगरी काठमाडौं उपत्यकाभित्र दिनभर यात्रु बोक्ने ट्याक्सी चालकले आफ्नो व्यस्त समयतालिकालाई असर नगरी बिहान वा रातिको समयमा सर्भिसिङ तथा मर्मत सेवा लिन सक्नेछन्।

कम्पनीका अनुसार यो निर्णयले सवारी सञ्चालनमा हुने अवरोध कम गर्ने, सर्भिसिङका लागि लामो समय कुर्नुपर्ने अवस्था घटाउने तथा ग्राहकलाई अझ छिटो र सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

गोंगबु र भक्तपुरमा पनि विस्तार हुने

बालकुमारीपछि गोंगबु र भक्तपुरस्थित डेडिकेटेड सर्भिस सेन्टरमा समेत यही समय तालिका लागू गर्ने तयारी कम्पनीले गरेको छ। यसले एक्सप्रेस–टी प्रयोगकर्तालाई उपत्यकाभित्र थप सहज र व्यापक सेवा पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नेपालमा विद्युतीय ट्याक्सीको प्रयोग विस्तार हुँदै जाँदा बिक्रीपछिको सेवा, चार्जिङ पूर्वाधार र स्पेयर पार्ट्सको उपलब्धता प्रमुख चुनौतीका रूपमा हेरिँदै आएको छ। यस्तो अवस्थामा कम्पनीले सर्भिस सेन्टरको समय विस्तार गर्नु ग्राहक केन्द्रित रणनीतिक कदमका रूपमा हेरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१३ स्थानमा फास्ट चार्जिङ नेटवर्क

एक्सप्रेस–टीले हाल पाटन, एकान्तकुना, सानेपा, जोरपाटी, बनस्थली, गुह्येश्वरी, गोंगबु, भक्तपुर, टिकाथली, नेपालगञ्ज, खाडीचौर, चन्द्रागिरी र स्वयम्भू गरी १३ स्थानमा डेडिकेटेड फास्ट चार्जिङ स्टेशन सञ्चालन गरिरहेको जनाएको छ।

त्यस्तै, बालकुमारी, गोंगबु र भक्तपुरस्थित सर्भिस सेन्टरमार्फत नियमित सर्भिसिङ तथा रिपेयर सेवा उपलब्ध गराइँदै आएको छ भने भक्तपुरस्थित आधुनिक शोरुमबाट बिक्री सेवा समेत सञ्चालन भइरहेको छ।

वारेन्टी र निःशुल्क सर्भिसिङको सुविधा

ग्राहकलाई आकर्षित गर्न कम्पनीले १ वर्षको अटो प्लस बीमा, ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म निःशुल्क नियमित सर्भिसिङ तथा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको छ।

विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै सेवा पूर्वाधारलाई बलियो बनाउने प्रयासस्वरूप गरिएको यो निर्णयले एक्सप्रेस–टीलाई केवल गाडी बिक्री गर्ने कम्पनी मात्र नभई ‘आफ्टर सेल्स सपोर्ट’ मा समेत केन्द्रित ब्रान्डका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.