आईतवार, आश्विन २५,२०८३ 09:25:09
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 09:25:09
Bizshala
Global IME Bank Limited

विश्वकप फुटबलका कारण बढ्यो अमेरिकामा रोजगारी, बढ्दो खर्चका कारण भने व्यवसायी चिन्तित

Bizshala
विश्वकप फुटबलका कारण बढ्यो अमेरिकामा रोजगारी, बढ्दो खर्चका कारण भने व्यवसायी चिन्तित
New Office

काठमाण्डौ । विश्वकप फुटबलका कारण अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको छ । विश्वकप पूर्वसन्ध्यामा अमेरिकामा मे महिनामा १ लाख ७२ हजार नयाँ रोजगारी थपिएको छ ।

यो संख्या अर्थशास्त्रीहरुले अपेक्षा गरेभन्दा बढी हो । अर्थशास्त्रीहरुले मे महिनामा अमेरिकामा १ लाख ५ हजार नयाँ रोजगारी सिर्जना हुने आँकलन गरेका थिए ।

विश्वकप शुरु हुनअघि पब,बार र रेष्टुरेन्टमा गतिविधि बढेसँगै रोजगारी वृद्धि भएको हो । अमेरिकी श्रम तथ्यांक विभागका अनुसार मनोरञ्जन, आतिथ्य सत्कार, स्थानीय सरकार र स्वास्थ्य सेवामा जनशक्ति थपिएका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यद्यपी वित्तीय क्षेत्रमा रोजगारी घटेको छ । मे महिनामा समग्र अमेरिकी अर्थतन्त्रको बेरोजगारी दर ४.३ प्रतिशत कायम छ । आगामी साता अमेरिका, मेक्सिको र क्यानडामा शुरु हुन लागेको विश्वकप फुटबललाई मध्यनजर गर्दै विभिन्न रेष्टुरेन्ट,बार तथा पबहरुले अतिरिक्त जनशक्ति हायर गरिरहेको बताएका छन् । यद्यपी अमेरिका र इरानबीचको युद्धका कारण खर्च बढिरहेको व्यवसायीहरुले गुनोसो गरेका छन् ।

अमेरिका इरान युद्धका कारण स्ट्रेट अफ हर्मुज बन्द अवस्थामा रहेको छ । जसका कारण इन्धनको मूल्य आकाशिएको छ । उर्जा क्षेत्रमा देखिएको मूल्यवृद्धिको प्रभाव समग्र अर्थतन्त्रमा परिरहेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

मे महिनामा अमेरिकी आतिथ्य सत्कार क्षेत्रमा ७० हजार नयाँ रोजगारी थपिएको तथ्यांकले देखाउछ । जुन गत वर्षको मासिक वृद्धिको तुलनामा १४ हजार बढी हो । यस्तै खाद्य तथा पेय पर्दाथ कम्पनीहरुमा ४८ हजार काम थपिएका छन् ।

व्यवसायीहरुले भने बढ्दो खर्चका कारण होटलको बुकिङ सुस्त भईरहेको र रङ्गशालामा हेर्ने म्याचको शुल्क महङ्गो भएको गुनासो गरिरहेको बताएका छन् । डोनाल्ड ट्रम्पले समेत अमेरिका र पाराग्वेबीचको खेलका लागि १ हजार डलरको टिकेट आफूले खरिद नगर्ने बताएका थिए ।

उता फुटबलको सर्वोच्च संस्था फिफालाई समेत कृत्रिम रुपमा मूल्य बढाएको र आम दर्शकलाई भ्रममा राखेको आरोप लागेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.