मंगलवार, श्रावण ५,२०८३ 01:35:54
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 01:35:54
Bizshala
Global IME Bank Limited

लिटमस इन्डस्ट्रिजलाई नेपाल उद्योग परिसंघद्वारा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई नेपाल उद्योग परिसंघद्वारा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान
New Office

काठमाण्डौ । लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको छ । उक्त सम्मान सिएनआईका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडलाई प्रदान गरिएको हो ।

यो उपलब्धिले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रति लिटमसको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। नेपालको औद्योगिक क्षमतालाई थप सुदृढ बनाउँदै, निर्यातको दायरा विस्तार गर्दै तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने लिटमसको प्रयासलाई यस सम्मानले थप पुष्टि गरेको छ ।

लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो । साथै, नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा यसले विशिष्ट पहिचान स्थापित गरेको छ । गुणस्तर, नवप्रवर्तन तथा विश्वस्तरीय उत्पादन मापदण्डप्रतिको प्रतिबद्धताका साथ लिटमसले नेपालको औद्योगिक विकासलाई सशक्त बनाउँदै क्षेत्रीय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक उपस्थितिलाई थप मजबुत बनाएको छ । कम्पनीका उत्पादनहरूले देशभित्रका महत्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाहरूको आवश्यकता पूरा गर्नुका साथै नेपालको औद्योगिक निर्यात पोर्टफोलियोमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

निर्यात उपलब्धिभन्दा पर लिटमस इन्डस्ट्रिजले नेपालको समग्र औद्योगिक विकासमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना गरेको जनाएको छ ।

यस अवसरमा लिटमस इन्डस्ट्रिज लिमिटेडका मुख्य सञ्चालन अधिकृत (सीओओ) श्री प्रकाश काफ्लेले भने, ‘नेपाल उद्योग परिसंघद्वारा प्राप्त यो सम्मान गुणस्तर, नवप्रवर्तन तथा उत्कृष्टताप्रतिको हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदर हो। यो उपलब्धि लिटमस परिवारका सम्पूर्ण सदस्यहरूको अथक मेहनत, समर्पण र प्रतिबद्धताको परिणाम हो। यस सम्मानका लागि हामी नेपाल उद्योग परिसंघप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’

उनले थपे, ‘नेपालको अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादक एवं एल्युमिनियम तथा एएल रडको एकमात्र उत्पादक उद्योगका रूपमा हामीले केवल आफ्ना ग्राहकहरूप्रति मात्र नभई नेपालको औद्योगिक भविष्यप्रति पनि विशेष जिम्मेवारी वहन गरेका छौँ। आगामी दिनमा पनि निर्यात विस्तार, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढीकरण तथा नेपालको आर्थिक र औद्योगिक विकासमा योगदान पु¥याउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ। यो सम्मानले हामीलाई अझ उच्च लक्ष्य प्राप्तिका लागि थप प्रेरित गरेको छ।’

यस सम्मानले नेपालको औद्योगिक उत्कृष्टता, उत्पादन क्षमता तथा निर्यात प्रतिस्पर्धात्मकताको प्रतिनिधि संस्थाका रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडको स्थानलाई थप सुदृढ बनाएको कम्पनीको भनाई छ । 

कम्पनीले आगामी दिनहरूमा पनि क्षमता विस्तार, प्रविधि विकास तथा गुणस्तर अभिवृद्धिमा निरन्तर लगानी गर्दै आत्मनिर्भर, प्रतिस्पर्धी तथा समृद्ध औद्योगिक नेपालको निर्माणमा आफ्नो योगदानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.