काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो विरुद्ध संगठित रूपमा अफवाह फैलाइएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै उनले बजेटमाथिको छलफल अवरुद्ध पारेर आफूलाई लक्षित गर्दै गलत सूचना र अफवाह फैलाइएको बताएका हुन्।
अर्थमन्त्री वाग्लेले त्यस्ता आरोपहरूको स्पष्टिकरण दिनका लागि आफू समितिको बैठकमा उपस्थित भएको उल्लेख गर्दै संसदीय प्रक्रियामार्फत नै सत्य तथ्य प्रस्तुत गर्ने बताएका छन्।
हाल अर्थ समितिको बैठक जारी रहेको छ, जहाँ अर्थमन्त्रीले आफ्नो धारणा राख्ने क्रम जारी छ।

