मंगलवार, श्रावण ५,२०८३ 03:55:50
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:55:50
Bizshala
Global IME Bank Limited

मोरक्कोको चुनौतीमा ब्राजिल रोकियो, खेल १–१ को बराबरीमा सकियो, भिनिसियसको गोलले ब्राजिललाई हारबाट जोगायो

मोरक्कोको चुनौतीमा ब्राजिल रोकियो, खेल १–१ को बराबरीमा सकियो, भिनिसियसको गोलले ब्राजिललाई हारबाट जोगायो
New Office

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।  

अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको प्रतिस्पर्धामा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको महाशक्ति ब्राजिललाई रोक्न सफल भएको हो।

खेलको २१औँ मिनेटमा मोरक्कोले अग्रता बनायो।  

ब्राजिलको रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै इस्माइल साइबारीले बक्सबाहिरबाट आकर्षक प्रहार गरे र टोलीलाई महत्वपूर्ण अग्रता दिलाए।

अफ्रिकी टोली मोरक्कोले पहिलो हाफभरि आक्रामक खेल प्रस्तुत गर्दै ब्राजिललाई दबाबमा राख्यो।  

लगातार अवसर सिर्जना गरेको मोरक्कोले खेलको गति आफ्नो पक्षमा राख्न सफल देखिएको थियो।

तर, ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले ३२औँ मिनेटमा टोलीलाई संकटबाट बाहिर निकाले।  

ब्रुनो गुइमाराएसको पासमा उनले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए।

पहिलो हाफको अन्तिम समयमा ब्राजिलले अग्रता लिने अवसर पाएपनि मोरक्कोका कप्तान तथा गोलरक्षक यासिन बोनोले शानदार बचाउ गर्दै टोलीलाई थप क्षतिबाट जोगाए।

दोस्रो हाफमा ब्राजिलले बल नियन्त्रणमा सुधार गरेपनि मोरक्कोको संगठित रक्षापंक्तिलाई भेद्न सकेन।  

यता मोरक्कोले पनि काउन्टर अट्याकमार्फत अवसर खोजे पनि निर्णायक गोल निकाल्न असफल रह्यो।

खेलको अन्त्यसम्म दुवै टोलीले जितका लागि संघर्ष गरेपनि थप गोल हुन नसक्दा अंक बाँड्न बाध्य भए।  

यस नतिजाले समूह ‘सी’ को प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ।

बराबरीसँगै मोरक्कोले विश्वकपमा बलियो दाबेदारी प्रस्तुत गरेको संकेत दिएको छ भने ब्राजिलले सुरुआती खेलमा हार टार्दै आफ्नो अपराजित इतिहासलाई निरन्तरता दिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.