मंगलवार, श्रावण १९,२०८३ 09:35:43
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:35:43
Bizshala
Global IME Bank Limited

पोखरा महानगरको ७ अर्ब १५ करोडको बजेट, पर्यटकीय शहर निर्माणमा जोड

पोखरा महानगरको ७ अर्ब १५ करोडको बजेट, पर्यटकीय शहर निर्माणमा जोड
New Office

काठमाण्डौ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ।  

१९औँ नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्दै पर्यटनमैत्री, व्यवस्थित र समृद्ध पोखरा निर्माणलाई प्राथमिकतामा राखिएको बताइन्।

महानगरले कुल बजेटमध्ये ५५.१ प्रतिशत चालू खर्च तथा ४४.९ प्रतिशत विकास तथा पूर्वाधार निर्माणका कार्यक्रमका लागि विनियोजन गरेको छ।  

बजेटको मुख्य स्रोतका रूपमा संघीय सरकारबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।  

साथै, आन्तरिक राजस्व र अन्य स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख रुपैयाँभन्दा बढी रकम जुटाउने लक्ष्य निर्धारण गरिएको छ।

बजेट सार्वजनिकसँगै महानगरले चालू आर्थिक वर्षको वित्तीय तथा विकास प्रगतिबारे समीक्षा पनि प्रस्तुत गरेको छ।  

समीक्षा अनुसार चालु आवमा विनियोजित ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँमध्ये जेठ मसान्तसम्म ३ अर्ब ३४ करोड रुपैयाँ अर्थात् करिब ४० प्रतिशत मात्र खर्च भएको छ।

विशेषगरी विकास निर्माणतर्फको खर्च निकै कमजोर देखिएको छ।  

पूँजीगत बजेटका लागि छुट्याइएको रकममध्ये २४.२ प्रतिशत मात्र खर्च हुन सकेको तथ्यांकले देखाएको छ।  

यसले विकास आयोजना कार्यान्वयनमा अपेक्षित गति हासिल हुन नसकेको संकेत गरेको छ।

राजस्व संकलनतर्फ पनि महानगरले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सकेको छैन।  

चालू आवमा ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिए पनि जेठ मसान्तसम्म करिब २ अर्ब १२ करोड रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ४६ प्रतिशत मात्र हो।

नयाँ बजेटमार्फत महानगरले पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, सेवा प्रवाह सुधार तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।  

तर, चालू आवको न्यून विकास खर्च र अपेक्षाभन्दा कम राजस्व संकलनले आगामी वर्ष बजेट कार्यान्वयनको चुनौतीलाई पनि उजागर गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.