मंगलवार, श्रावण १९,२०८३ 09:35:46
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:35:46
Bizshala
Global IME Bank Limited

इजरायल–हेज्बुल्लाह युद्धविरामपछि पनि तनाव कायमै, दक्षिणी लेबनानमा हवाई आक्रमण

इजरायल–हेज्बुल्लाह युद्धविरामपछि पनि तनाव कायमै, दक्षिणी लेबनानमा हवाई आक्रमण
New Office

काठमाण्डौ । युद्धविराम सम्झौता भएको भोलिपल्टै इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।  

टाइम्स अफ इजरायलका अनुसार शनिबार बिहान दक्षिणी क्षेत्र नाबातिह आसपास इजरायली सेनाले लगातार हवाई तथा तोपखाना आक्रमण गरेको हो।

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएका अनुसार इजरायली युद्धक विमान र ड्रोनले बिहानभरि धेरै चरणमा आक्रमण गर्दा आवासीय घरहरू ध्वस्त भएका छन्।  

आक्रमणसँगै तोपखानाबाट समेत गोली प्रहार गरिएको जनाइएको छ, जसले स्थानीय बस्तीमा ठूलो क्षति पुर्‍याएको बताइएको छ।

यसैबीच, इजरायल–हेज्बुल्लाह द्वन्द्वपछि क्षेत्रीय तनाव कम गर्ने प्रयासस्वरूप अमेरिका र इरानबीच भएको शान्ति सम्झौताबारे छलफल अघि बढाइएको छ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ सम्झौताका सर्तबारे वार्ताका लागि शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्।

सीएनएनका अनुसार हालैको युद्धविरामपछि केही हदसम्म शान्त वातावरण बनेकाले रोकिएको वार्ता पुनः शुरु गर्ने प्रयास भइरहेको छ।

ट्रम्पका ज्वाइँ जारेड कुसनर पनि यस कूटनीतिक प्रक्रियामा संलग्न हुने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार अमेरिका र इरानलाई अन्तिम सहमतिमा पुग्न ६० दिनको समयसीमा दिइएको बताइएको छ।

यसै क्रममा इरानका विदेशमन्त्री अब्बास अराघची पनि स्विट्जरल्यान्ड जान सक्ने चर्चा भएपनि आधिकारिक पुष्टि भएको छैन।

यसअघि शान्ति सम्झौता कार्यान्वयनका लागि स्विट्जरल्यान्डमा तय गरिएको वार्ता इजरायल–हेज्बुल्लाह तनावका कारण स्थगित भएको थियो।  

पछिल्लो घटनाक्रमसँगै मध्यपूर्वमा युद्धविरामपछि पनि सुरक्षा अवस्था अझै अस्थिर रहेको देखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.