सोमबार, श्रावण १८,२०८३ 10:02:43
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:02:43
Bizshala
Global IME Bank Limited

बिर्तामोडको सुकुम्बासी बस्तीमा तीनतले घर जमिनमा भासियो, वर्षाका कारण जोखिम बढ्यो

बिर्तामोडको सुकुम्बासी बस्तीमा तीनतले घर जमिनमा भासियो, वर्षाका कारण जोखिम बढ्यो
New Office

काठमाण्डौ । निरन्तरको भारी वर्षाका कारण झापाको बिर्तामोड नगरपालिका–५ स्थित नयाँ बसपार्क क्षेत्रको सुकुम्बासी बस्तीमा एउटा तीनतले घर जमिनमा भासिएको छ।  

घर अचानक भासिएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

७० वर्षीय पहलमान ठाकुरको उक्त तीनतले घर आज बिहान करिब २ बजेतिर जमिनमा भासिएको हो।  

लगातारको वर्षाले माटो कमजोर बनेपछि घरको आधार खस्दै भासिएको प्रारम्भिक अनुमान गरिएको छ।

घर भासिन थालेपछि भित्र रहेका दुई जना व्यक्ति समयमै बाहिर निस्कन सफल भएका थिए। 

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा घरभित्र रहेका केही महत्त्वपूर्ण सामानहरू पनि सुरक्षित रूपमा बाहिर निकालिएको छ।

प्रहरीका अनुसार घर करिब २० देखि २५ डिग्रीसम्म ढल्किएको अवस्थामा पुगेको छ, जसले थप जोखिम निम्त्याउन सक्ने सम्भावना देखिएको छ।  

अवस्था बिग्रिन नदिन तत्कालै क्षेत्र खाली गराउने तयारी भइरहेको छ।

सुरक्षा निकाय र स्थानीय तहले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।  

निरन्तर वर्षाका कारण माटो खस्ने र संरचना भासिने जोखिम अझै कायम रहेको जनाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.