सोमबार, श्रावण १८,२०८३ 09:01:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:01:09
Bizshala
Global IME Bank Limited

गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने

गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
New Office

काठमाण्डौ । नेपाल इकोनोमिक फोरम –एनईएफले आज ‘गिग अर्थतन्त्र र राइड–हेलिङः रोजगारी सिर्जनातफ’ विषयमा नेफटक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नीति निर्माता, व्यवसायी, अर्थविद् तथा विकास क्षेत्रका प्रतिनिधिहरू सहभागी भई गिग अर्थतन्त्र र राइड–हेलिङ क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे छलफल गरेका थिए ।

छलफलमा राइड–हेलिङ सेवाले शहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा मझौला व्यवसाय, एसएमई र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याईरहेको विषयमा जोड दिइएको थियो । सहभागीहरूले गिग अर्थतन्त्र नेपालका युवाहरूका लागि आम्दानीको अवसर सिर्जना गर्ने प्रभावकारी माध्यम बन्दै गएको बताएका थिए ।

राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले गिग अर्थतन्त्रलाई व्यवस्थित र दिगो बनाउन स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको बताए। उनले नवप्रवर्तन र नियमनबीच सन्तुलन कायम गर्दै श्रमिक संरक्षण, सामाजिक सुरक्षा र प्रमाणमा आधारित नीति निर्माणमा जोड दिए ।

नेफका कार्यकारी बोर्ड सदस्य रोजेश श्रेष्ठले राइड–हेलिङ सेवाले पर्यटन, साना व्यवसायको विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले यो क्षेत्र केवल यातायातसँग मात्र नभई आर्थिक विकाससँग पनि जोडिएको उल्लेख गरे ।

ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले राइड–हेलिङ क्षेत्रको तीव्र विस्तारलाई व्यवस्थित गर्न स्पष्ट कानुनी व्यवस्था र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए ।

कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, विश्व बैंक समूहकी वरिष्ठ सामाजिक संरक्षण विशेषज्ञ जास्मिन राजभण्डारी तथा कानुन व्यवसायी समन्त दाहाल सहभागी थिए। उनीहरूले डिजिटल व्यवसाय, गिग श्रमिकको सामाजिक सुरक्षा, महिला सहभागिता तथा स्पष्ट कानुनी संरचनाको आवश्यकताबारे धारणा राखेका थिए ।

कार्यक्रमको समापन गर्दै नेफका अध्यक्ष सुजीव शाक्यले नेपालमा गिग अर्थतन्त्रको विकासका लागि निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै अनुसन्धान र संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.