सोमबार, श्रावण १८,२०८३ 08:58:25
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:58:25
Bizshala
Global IME Bank Limited

ओजेम्पिक, वेगोभी र माउन्जारोको पेटेन्ट सकिँदै, सस्तो तौल घटाउने औषधिको युग शुरु हुने अपेक्षा

ओजेम्पिक, वेगोभी र माउन्जारोको पेटेन्ट सकिँदै, सस्तो तौल घटाउने औषधिको युग शुरु हुने अपेक्षा
New Office

काठमाण्डौ । मोटोपन (ओबेसीटी) को समस्यासँग जुधिरहेका लाखौं मानिसका लागि तौल घटाउने औषधिहरू पछिल्ला वर्षमा स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने “गेम चेन्जर”का रूपमा हेरिएका छन्।  

विशेषगरी ओजेम्पिक, वेगोभी र माउन्जारो जस्ता औषधिहरूले तौल नियन्त्रणमा उल्लेखनीय परिणाम देखाएपछि विश्वभर यसको माग तीव्र रूपमा बढेको छ।

हालसम्म यी औषधिहरू मुख्य रूपमा डेनमार्क र अमेरिकाका सीमित औषधि कम्पनीहरूले उत्पादन गर्दै आएका थिए।  

उत्पादन सीमित र ब्रान्डेड भएकाले यी औषधिहरूको मूल्य उच्च रहँदै आएको थियो, जसले गर्दा धेरै देशका बिरामीहरूलाई यसको पहुँच कठिन बनेको थियो।

पेटेन्ट समाप्तसँगै सस्तो उत्पादनको बाटो खुल्यो

अब चीन र भारतमा यी औषधिहरूको पेटेन्ट अवधि समाप्त हुँदै गएपछि त्यहाँका औषधि कम्पनीहरूले जेनेरिक संस्करण उत्पादन गर्न पाउने भएका छन्।  

यसले विश्व बजारमा तौल घटाउने औषधिको मूल्य संरचना र उपलब्धतामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

विशेषज्ञहरूका अनुसार जेनेरिक उत्पादन शुरु भएपछि यी औषधिहरू पहिलेभन्दा निकै सस्तो मूल्यमा उपलब्ध हुन सक्नेछन्, जसले विकासशील देशका लाखौं बिरामीहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ।

भारत : “विश्वको औषधालय”

भारतलाई विश्व बजारमा “औषधालय” (Pharmacy of the World)  भनेर चिनिन्छ।  

सस्तो तर प्रभावकारी जेनेरिक औषधि उत्पादन गर्ने क्षमताका कारण भारत विश्वकै सबैभन्दा ठूलो जेनेरिक औषधि आपूर्तिकर्ता बनेको छ।  

पेटेन्ट समाप्त भएपछि भारतीय कम्पनीहरूले यस्ता GLP-1 समूहका तौल घटाउने औषधिहरूको उत्पादन र बिक्री प्रक्रिया शुरु गरिसकेका छन्।

GLP-1  औषधि कसरी काम गर्छन्रु

ओजेम्पिक, वेगोभी र माउन्जारो जस्ता औषधिहरू GLP-1  वर्गका हुन्।  

यी औषधिहरूले शरीरमा भोक नियन्त्रण गर्ने प्राकृतिक हर्मोनको प्रभावलाई नक्कल गर्छन्।  

यसले मस्तिष्कमा भोक कम हुने संकेत पठाउने, खाना खाने इच्छा घटाउने र पेट लामो समयसम्म भरिएको महसुस गराउने काम गर्छ।

फलस्वरूप मानिसहरूले कम खाना खाने र क्रमशः तौल घटाउने प्रक्रिया सहज हुन्छ।

सस्तो औषधिले बढाउने पहुँच

बीबीसीकी भारत संवाददाता अर्चना शुक्लाका अनुसार पेटेन्ट समाप्त हुनु अत्यन्त महत्वपूर्ण घटना हो, किनकि यसले भारतजस्ता देशका कम्पनीहरूलाई प्रतिस्पर्धी मूल्यमा औषधि उत्पादन गर्ने अवसर प्रदान गर्छ।  

उनका अनुसार यसले लाखौं मानिसलाई सस्तो उपचार उपलब्ध गराउन सक्ने सम्भावना बढाएको छ।

त्यस्तै बीबीसीका स्वास्थ्य संवाददाता जेम्स ग्यालाघरका अनुसार यी औषधिहरूले मोटोपन नियन्त्रणमा पहिले नै प्रभावकारी परिणाम देखाइसकेका छन्।

अब भारत र चीनबाट सस्तो संस्करण बजारमा आउन थालेपछि विश्वव्यापी रूपमा यसको पहुँच अझ विस्तार हुने अपेक्षा गरिएको छ।

मूल्य घट्ने मात्र होइन, आपूर्ति पनि सहज हुने अपेक्षा

विशेषज्ञहरूका अनुसार जेनेरिक उत्पादन विस्तारले केवल औषधिको मूल्य घटाउने मात्र होइन, हाल देखिँदै आएको आपूर्ति अभाव (shortage) को समस्या पनि कम गर्न मद्दत गर्नेछ।  

यसले विश्वभर मोटोपन उपचारलाई अझ व्यवस्थित, सुलभ र व्यापक बनाउने सम्भावना देखिएको छ।

एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.