सोमबार, श्रावण १८,२०८३ 09:02:04
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:02:04
Bizshala
Global IME Bank Limited

देशलाई नयाँ दिशा दिने अवसर रास्वपासँग छ : उपेन्द्र यादव

देशलाई नयाँ दिशा दिने अवसर रास्वपासँग छ : उपेन्द्र यादव
New Office

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकलाई नयाँ राजनीतिक दिशा र गन्तव्यतर्फ अघि बढाउने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन्।  

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देश परिवर्तनको आकांक्षा बोकेर अगाडि आएको राजनीतिक शक्तिका रूपमा रास्वपाले जनअपेक्षाअनुसार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित कार्यक्रममा बोल्दै यादवले नेपाली राजनीति लामो समयदेखि विभिन्न विकृति, विसंगति र असन्तुष्टिले ग्रसित रहेको उल्लेख गरे।  

अब ती पुराना कमजोरीहरूलाई पछाडि छाडेर नयाँ सोच, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

उनले रास्वपाको महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई देशको भावी राजनीतिक दिशाबारे बहस गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे। 

यस महाधिवेशनले नयाँ युगको शुरुआत गर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै उनले जनताको आशा र विश्वासलाई व्यवहारमा रूपान्तरण गर्न रास्वपाले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए।

यादवले वर्तमान समयमा नेपाली जनताले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको खोजी गरिरहेको बताए।

नागरिकले पारदर्शी शासन, भ्रष्टाचारमुक्त प्रशासन र समान अवसरसहितको समाज चाहिरहेको उल्लेख गर्दै राजनीतिक दलहरूले ती अपेक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा राखे।

उनले देशको राजनीतिक प्रणालीलाई थप प्रभावकारी र समावेशी बनाउन संविधानका केही पक्षमा सुधार आवश्यक रहेको पनि बताए।  

संविधानमा रहेका कमजोरीहरूलाई समयअनुकूल संशोधन र परिमार्जन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले राष्ट्रिय सहमति र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए।

 

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.