मंगलवार, असार ९,२०८३ 12:03:22
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:03:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एकैदिन २६ नयाँ जाहेरी, ७ पक्राउ: वैदेशिक रोजगार ठगीविरुद्ध विभागको सक्रियता बढ्यो

Laxmi Sunrise Bank Limited
एकैदिन २६ नयाँ जाहेरी, ७ पक्राउ: वैदेशिक रोजगार ठगीविरुद्ध विभागको सक्रियता बढ्यो

काठमाण्डौ । वैदेशिक रोजगारका नाममा हुने ठगी, सम्झौताविपरीत काममा पठाउने, क्षतिपूर्ति नदिने तथा विदेशमा अलपत्र परेका श्रमिकका उजुरीमाथि वैदेशिक रोजगार विभागले दैनिक रूपमा कारबाही तीव्र बनाएको जनाएको छ।

विभागले असार ८ गते सार्वजनिक गरेको दैनिक प्रगति विवरणअनुसार मुद्दा तथा अनुसन्धान शाखामा एकैदिन २६ वटा नयाँ जाहेरी दर्ता भएका छन्। उजुरीको चाप बढिरहेका बेला शाखाले २५ वटा पक्राउ पुर्जी जारी गरेको छ भने २६ जनाविरुद्ध पक्राउ अनुमति प्रदान गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

विभिन्न वैदेशिक रोजगारसम्बन्धी मुद्दामा संलग्न ७ जनालाई पक्राउ गरी विभागमा उपस्थित गराइएको विभागले जनाएको छ। सोही दिन तीन वटा मुद्दा मिलापत्रबाट टुंग्याइएको छ।

मुद्दा अनुसन्धान, पक्राउ अनुमति, बैंक तथा सम्बन्धित निकायलाई पत्राचार र अभियोगपत्र तयारीसम्बन्धी कामका लागि मात्रै विभागले ७९ वटा पत्र चलानी गरेको विवरणमा उल्लेख छ।

उता, उद्धार तथा समन्वय शाखामा थप ६ वटा नयाँ उजुरी दर्ता भएका छन्। शाखाले विदेश वा स्वदेशमा समस्यामा परेका ६ जनाको उद्धार गरेको जनाएको छ। चार वटा क्षतिपूर्तिसम्बन्धी विषय टुंग्याइएको छ भने उद्धार र क्षतिपूर्तिसँग जोडिएका तीन वटा उजुरीमा पनि कारबाही अघि बढाइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विभागका अनुसार उद्धार तथा समन्वय शाखाले एकैदिन आठ वटा मुद्दा फछ्र्यौट गरेको छ। पीडितका समस्या समाधानका लागि सम्बन्धित निकायसँग द्विपक्षीय छलफल र फोनमार्फत फलोअपसमेत भइरहेको जनाइएको छ।

सरकारी गुनासो संयन्त्र ‘हेलो सरकार’ मार्फत प्राप्त ६९ वटा गुनासोमध्ये ३५ वटाको समाधान गरिएको छ। बाँकी ३४ वटा गुनासो आवश्यक कारबाहीका लागि सम्बन्धित शाखामा पठाइएको विभागले जनाएको छ।

त्यसैगरी, विभागको आफ्नै कल सेन्टरमा आएको १७७ वटा गुनासोमध्ये १५८ वटाको तत्काल समाधान गरिएको छ। बाँकी १९ वटा गुनासो अध्ययन तथा आवश्यक समन्वयको प्रक्रियामा छन्।

वैदेशिक रोजगार विभागको दैनिक तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीमाथि हुने ठगी, करार उल्लंघन, तलब नपाउने, उद्धार तथा क्षतिपूर्ति विवादको चाप अझै उच्च रहेको देखाउँछ। एकैदिन २६ नयाँ जाहेरी दर्ता हुनु र २५ पक्राउ पुर्जी जारी हुनुबाट वैदेशिक रोजगार क्षेत्रको अनुगमन तथा कानुनी कारबाही अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि स्पष्ट भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.