सोमबार, श्रावण १८,२०८३ 08:59:22
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:59:22
Bizshala
Global IME Bank Limited

चिया उद्योग बन्दपछि समाधानका लागि उद्योगीहरूको सरकारसँग आग्रह

चिया उद्योग बन्दपछि समाधानका लागि उद्योगीहरूको सरकारसँग आग्रह
New Office

काठमाण्डौ । भारततर्फ नेपाली चिया निर्यातमा कडाइ भएपछि देशभरका चिया उद्योग प्रभावित भएका छन्। निर्यात प्रक्रिया कडाइका कारण गत मे १ देखि १०९ वटा चिया उद्योग बन्द भएपछि किसान र उद्योग दुवै गम्भीर संकटमा परेका छन्।

उद्योग बन्द भएको आठ दिनसम्म पनि ठोस सरकारी पहल नदेखिएपछि सूर्योदय अर्थोडक्स टी प्रोडुसर्स एसोसिएसन नेपालको नेतृत्वमा चिया उद्योगीहरूको प्रतिनिधि मण्डल काठमाण्डौ पुगेको छ। इलाम–२ का प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङसहितको टोलीले सोमबार उद्योग, कृषि तथा वाणिज्य मन्त्रालयका सम्बन्धित निकायमा पुगेर समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो।

एसोसिएसनका उपाध्यक्ष ज्ञानी लिम्बूका अनुसार भारतसँगको निर्यात समस्या समाधानका लागि तत्काल कूटनीतिक पहल आवश्यक रहेको उद्योगीहरूको माग छ। साथै, निर्यात सहज बनाउन अन्तर्राष्ट्रिय स्तरको परीक्षण प्रयोगशाला नेपालमै स्थापना गर्नुपर्ने विषय पनि ज्ञापनपत्रमा समावेश गरिएको छ।

उद्योगीहरूले हाल गोदाममा थन्किएको तयारी चिया बिक्री नभएसम्मका लागि उद्योग सञ्चालन सहज बनाउन ब्याजरहित ऋण उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्। साथै, भारततर्फ हुने चिया निकासी पुरानै प्रक्रियाअनुसार सीएफएल प्रणाली सञ्चालन गर्न अस्थायी व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ।

ज्ञापनपत्रमा चिया क्षेत्रलाई दीर्घकालीन रूपमा अर्गानिक उत्पादनतर्फ लैजान आवश्यक कानूनी सुधार, नीति निर्माण तथा स्थानीय, प्रदेश र संघीय तहबाट बजेट व्यवस्थापन गर्नुपर्ने विषय पनि उल्लेख गरिएको छ।

उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया पत्ती प्रशोधन हुन नपाई ठूलो मात्रामा नष्ट भइरहेको उद्योगीहरूले बताएका छन्। उनीहरूले समस्या तत्काल समाधान नभए चिया क्षेत्र थप संकटमा पर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.