शनिबार, श्रावण २,२०८३ 12:18:37
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 12:18:37
Bizshala
Global IME Bank Limited

जोर्डनलाई हराउँदै अल्जेरियाको विश्वकपमा पहिलो जीत

जोर्डनलाई हराउँदै अल्जेरियाको विश्वकपमा पहिलो जीत
New Office

काठमाण्डौ । विश्वकप फुटबलअन्तर्गत समूह ‘जे’ को दोस्रो खेलमा अल्जेरियाले जोर्डनलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत हासिल गरेको छ।

खेलको सुरुआतमा जोर्डनले अग्रता बनाएपनि अल्जेरियाले उत्कृष्ट पुनरागमन गर्दै तीन अंक सुरक्षित गर्न सफल भयो। 

पहिलो हाफको ३५औँ मिनेटमा जोर्डनका निजार अल रेसदनले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

पछाडि परेको अल्जेरियाले दोस्रो हाफमा खेलमा फर्किने प्रयासलाई सफल बनायो।  

६८औँ मिनेटमा नदिर बेनबौलीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि अल्जेरियाले लगातार दबाब बनाउँदै आक्रमण जारी राख्यो।

खेलको ८२औँ मिनेटमा अमिन ग्युरीले निर्णायक गोल गर्दै अल्जेरियालाई २–१ को जीत दिलाए।  

बाँकी समयमा जोर्डनले बराबरी गोलको प्रयास गरेपनि सफल हुन सकेन।

यस जितसँगै अल्जेरियाले प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ।  

पहिलो खेलमा अल्जेरिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो। यता, जोर्डनको यो लगातार दोस्रो हार हो।  

यसअघि जोर्डन अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो।

समूह चरणको प्रतिस्पर्धा थप रोचक बन्दै जाँदा अल्जेरियाले नकआउट चरणको सम्भावना जीवित राखेको छ भने जोर्डनमाथि आगामी खेलहरूमा दबाब बढेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.