मंगलवार, असार ९,२०८३ 05:02:54
Bizshala
  • मंगलवार, असार ९,२०८३ 05:02:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीलाई ५ दिनभित्र स्थान खाली गर्न सूचना

Laxmi Sunrise Bank Limited
होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीलाई ५ दिनभित्र स्थान खाली गर्न सूचना

काठमाण्डौ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसिरहेका सुकुमबासी तथा भूमिहीन परिवारलाई ५ दिनभित्र भवन खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्देशन दिएको छ।

समितिका अनुसार मनसुन शुरु भइसकेकाले खोला किनारमा रहेको होल्डिङ सेन्टरमा बाढी र डुबानको जोखिम बढेको छ। 

New Office
CG Motors
Garima Development Bank

साथै लामो समयसम्म अस्थायी शिविरमा बस्दा प्रभावितहरूको दैनिक जीवन पनि अस्तव्यस्त बनेको भन्दै सुरक्षित स्थानमा पुनर्स्थापनाका लागि पहल गरिएको हो।

सरकारले पुनर्स्थापनाका लागि प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ सहायता दिने व्यवस्था गरेको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै वास्तविक सुकुमबासी तथा घरबारविहीन परिवारलाई स्थायी व्यवस्थापन नभएसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा सहयोग पनि उपलब्ध गराइने जनाएको छ।

हाल काठमाडौं उपत्यकाका ६ वटा होल्डिङ सेन्टरमा ३८८ परिवार बसोबास गरिरहेका छन्। राहत रकम वितरणलाई तीव्र बनाउन विशेष टोली परिचालन गरिएको समितिले जनाएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.