मंगलवार, असार ९,२०८३ 06:27:30
Bizshala
  • मंगलवार, असार ९,२०८३ 06:27:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी चौध अर्ब एकानब्बे करोड पचहत्तर लाख छैसट्ठी हजार नौ सय बाईस रुपैयाँ मात्रबराबरको प्रति सेयर रु. १०० अंकित दरका चौध करोड एकानब्बे लाख पचहत्तर हजार छ सय उनान्साठ्ठी दशमलव बााईस कित्ता साधारण सेयरको दुई सेयरबराबर एक (२ः१) सेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण सेयर बराबर नयाँ १ (एक) कित्ता साधारण सेयर) को अनुपातमा साविकका सेयरधनीहरुको लागि सात अर्ब पैंतालीस करोड सतासी लाख त्रीयासी हजार पाँच सय रुपैयाँबराबरको प्रति कित्ता रु. १०० को सात करोड पैंतालीस लाख सतासी हजार आठ सय पैतीस कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ ।

New Office
CG Motors
Garima Development Bank

उक्त हकप्रद सेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइनेछ । 

हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यवसायिक विस्तार एंव रणनीतिक योजनाहरु कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.