मंगलवार, श्रावण ५,२०८३ 03:55:18
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:55:18
Bizshala
Global IME Bank Limited

पोर्चुगलको उज्वेकिस्तानमाथि ५–० को फराकिलो जीत, रोनाल्डोको दुई गोल

पोर्चुगलको उज्वेकिस्तानमाथि ५–० को फराकिलो जीत, रोनाल्डोको दुई गोल
New Office

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि शानदार जीत दर्ता गरेको छ।  

बुधबार भएको एकपक्षीय खेलमा पोर्चुगलले ५–० को फराकिलो अन्तरले जीत निकाल्दै समूह चरणमा आफ्नो दबदबा देखाएको हो।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डो मुख्य आकर्षण बने।  

छैटौँ मिनेटमै कर्नरबाट आएको बललाई उनले उत्कृष्ट फिनिसिङ गर्दै जाली चुमाए र टोलीलाई प्रारम्भिक अग्रता दिलाए।  

त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले थप गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए।

पहिलो हाफको ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को बलियो स्थितिमा पुर्‍याए।  

उज्वेकिस्तानले खेलमा फर्किने प्रयास गरेपनि पोर्चुगलको बल नियन्त्रण र आक्रमण रोक्न सकेन।

दोस्रो हाफमा पनि पोर्चुगलले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो।  

६०औँ मिनेटमा उज्वेकिस्तानका अब्दवोहिद नेमातोवले आत्मघाती गोल गरेपछि खेल अझ एकतर्फी बन्यो।  

त्यसपछि ८७औँ मिनेटमा राफाएल लियोले थप गोल गर्दै पोर्चुगलको ५–० को शानदार जीत सुनिश्चित गरे।

यो जितसँगै पोर्चुगल समूह ‘के’ को अंक तालिकामा चार अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।  

पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो।  

लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान भने समूह तालिकाको अन्तिम स्थानमा पुगेको छ।

यसैबीच प्रतियोगिताअन्तर्गत अन्य खेलहरू पनि निर्धारित छन्।  

आज १्:४५ बजे इङ्ल्याण्ड र घानाबीच प्रतिस्पर्धा हुनेछ भने बिहान ४्:४५ बजे पानामा र क्रोएसियाबीच खेल हुनेछ।  

त्यसैगरी बिहान ७्:४५ बजे कोलम्बिया र कङ्गो आमनेसामने हुनेछन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.