मंगलवार, श्रावण ५,२०८३ 03:56:43
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:56:43
Bizshala
Global IME Bank Limited

स्पेनको जितसँगै उरुग्वेको विश्वकप यात्रा समूह चरणमै समाप्त, केप भर्डेको ऐतिहासिक छलाङ

स्पेनको जितसँगै उरुग्वेको विश्वकप यात्रा समूह चरणमै समाप्त, केप भर्डेको ऐतिहासिक छलाङ
New Office

काठमाण्डौ । फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वेको यात्रा समूह चरणमै समाप्त भएको छ।  

समूह ‘एच’ अन्तर्गत शनिबार भएको निर्णायक खेलमा स्पेनसँग १–० ले पराजित भएपछि उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो भने स्पेन समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

एस्ताडियो ग्वाडालाजारामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनका लागि पहिलो हाफको ४२औँ मिनेटमा एलेक्स बेनाले गरेको गोल नै निर्णायक बन्यो।

उरुग्वेका अनुभवी गोलरक्षक फर्नान्डो मुस्लेराको कमजोर क्लियरन्सको फाइदा उठाउँदै बेनाले सहज गोल गरेका थिए।

मुस्लेराको उक्त गल्ती महँगो सावित भएपछि प्रशिक्षक मार्सेलो बिएल्साले हाफटाइममै उनलाई मैदानबाट फिर्ता बोलाउँदै नयाँ गोलरक्षक उतारे।

दोस्रो हाफमा उरुग्वेले खेलमा फर्कने प्रयास गरे पनि स्पेनको व्यवस्थित रक्षापंक्तिका कारण कुनै सफलता हात पार्न सकेन।

खेलको इन्जुरी समयमा उरुग्वेका अगस्टिन कानोबियो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोलीको पुनरागमनको सम्भावना पूर्ण रूपमा समाप्त भयो।  

हारसँगै उरुग्वे विश्वकपको समूह चरणबाटै बाहिरिने ठूला टोलीमध्ये एक बनेको छ।

स्पेनले भने तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै समूहको शीर्ष स्थान सुरक्षित गर्‍यो र उपाधि दाबेदार टोलीका रूपमा आफ्नो लय कायम राख्यो।

उता, यही समूहको अर्को खेलमा डेब्यु टोली केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै विश्व फुटबलमा नयाँ इतिहास रच्यो।  

लगातार तीन खेलमा अपराजित रहँदै अफ्रिकी टापु राष्ट्र केप भर्डे समूह उपविजेता बन्दै पहिलो सहभागितामै अन्तिम ३२ मा स्थान बनाउन सफल भयो।

नकआउट चरण पुग्न जीत अनिवार्य रहेको साउदी अरेबियाले खेलभर दबाब बनाए पनि केप भर्डेको उत्कृष्ट रक्षात्मक खेल र गोलरक्षकको प्रेरणादायी प्रदर्शनका कारण गोल निकाल्न सकेन। 

त्यससँगै साउदीको विश्वकप यात्रा पनि समूह चरणमै टुंगियो।

लगभग पाँच लाखभन्दा केही बढी जनसंख्या भएको केप भर्डेले डेब्यु विश्वकपमै नकआउट चरणमा पुगेर प्रतियोगिताकै सबैभन्दा प्रेरणादायी कथामध्ये एक लेखेको छ।  

खेल समाप्तिपछि मैदानमा केप भर्डेका खेलाडी र समर्थक भावुक बनेका दृश्यहरूले ऐतिहासिक उपलब्धिको महत्त्व झल्काएको थियो।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.