मंगलवार, श्रावण २६,२०८३ 09:14:40
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 09:14:40
Bizshala
Global IME Bank Limited

निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन सक्दैनः राजेशकाजी श्रेष्ठ

Prabhu Bank Limited
निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन सक्दैनः  राजेशकाजी श्रेष्ठ
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विस्तार नै मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको प्रमुख आधार भएको बताएका छन् ।

काठमाण्डौको सितापाइलामा फेसियल हाउसको १२औँ शाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गरे ।

उनले फेसियल हाउसले दुई सयभन्दा बढी युवालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएर उदाहरणीय कार्य गरेको उल्लेख गर्दै रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान भएको बताए ।

‘रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान हो। फेसियल हाउसले सयौँ युवालाई रोजगारी दिएको छ, यसले देशको अर्थतन्त्रलाई समेत महत्वपूर्ण टेवा पुर्याएको छ, उनले भने ।

श्रेष्ठले सेवा क्षेत्रका यस्ता सफल नेपाली उद्यमहरू विस्तार हुँदै जाँदा आर्थिक गतिविधि बढ्नुका साथै युवाका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे । उनले फेसियल हाउसलाई आगामी दिनमा थप शाखा विस्तार गर्दै अझ सफल बन्न शुभकामना पनि दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवं नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसले सौन्दर्य सेवा मात्र नभई सीप विकास र महिला आर्थिक सशक्तीकरणमा समेत उल्लेखनीय योगदान पुर्याइरहेको बताउदै उद्यम प्रबद्र्धनमा एकजुट भएर लाग्न आग्रह समेत गरिन् ।

सञ्चार उद्यमी तथा महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले निरन्तर मेहनतले फेसियल हाउसलाई आजको सफल स्थानमा पु¥याएको उल्लेख गर्दै महिलाले पनि व्यवसाय र रोजगारी सिर्जनामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उदाहरण बनेको बताइन् ।

फेसियल हाउसकी संस्थापक सुश्मा महराले शाखा विस्तारबारे बोल्दै १८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले हाल ‘काठमाण्डौ, पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा विस्तार गरिसकेको जानकारी गराईन् ।  ‘काठमाण्डौ र चितवनमा ’फेसियल एकेडेमी’ सञ्चालन गर्दै सौन्दर्य क्षेत्रका दक्ष जनशक्ति उत्पादनसमेत गर्दै आएका छौँ’  उनले भनिन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X