काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले लक्ष्मी सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आव २०८२÷८३ सम्म खाता खोलेका सम्पूर्ण हितग्राही सदस्यहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो।
डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ। खातावालाहरले लक्ष्मी सनराइज बैंकको खातामा वा आइएमई पे, फोनपे, क्यूआर पेमेन्ट,खल्ती, कनेक्ट आईपीएस,ई–सेवा तथा मेरो सेयरको ड्यास बोर्डमार्फत भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै, लक्ष्मी सनराइज बैंकको ‘लक्ष्मी सनराइज मोबाइल मनि’मा गई डिजिटल पे मार्फत शुल्क भुक्तानी गर्न सक्नेछन् ।
हितग्राही खाताको वार्षिक सञ्चालन शुल्क नविकरण गर्न बाँकी रहेका हितग्राहीहरुले मेरोसेयर सेवा मात्रै नविकरण गरको अवस्थामा मेरोसेयर सेवापनि साउन १५ गतेदेखि रोक्का हुने समयमै हितग्रही खाताका साथै मेरोसेयर सेवाको शुल्क भुक्तानी गर्न आग्रह गरिएको छ ।

