सोमबार, श्रावण १८,२०८३ 05:44:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:44:28
Bizshala
Global IME Bank Limited

फिफा विश्वकपमा गोल्डेन बुटको दौडमा को अघि ? कसले पाउने सम्भावना कति ?

फिफा विश्वकपमा गोल्डेन बुटको दौडमा को अघि ? कसले पाउने सम्भावना कति ?
New Office

काठमाण्डौ । फिफा विश्वकप २०२६ को नकआउट चरण सुरु भएसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने गोल्डेन बुट अवार्डको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ।

हाल अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे समान ६ गोलसहित शीर्ष स्थानमा छन्। यद्यपि, एमबाप्पेले दुई असिस्ट गरेका कारण उनी टाइब्रेकरमा मेस्सीभन्दा अगाडि रहेका छन्।

गोल्डेन बुटको दौडमा नर्वेका एर्लिङ हालान्ड ५ गोलसहित तेस्रो स्थानमा छन्। फ्रान्सका उस्मान डेम्बेले ४ गोल र २ असिस्टका साथ चौथो तथा ब्राजिलका भिनिसियस जुनियर ४ गोल र १ असिस्टसहित पाँचौं स्थानमा छन्।

फिफाको नियमअनुसार गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ। यदि दुई वा बढी खेलाडीको गोल संख्या बराबर भएमा सर्वप्रथम असिस्टको संख्या, त्यसपछि कम समय खेलेर उपलब्धि हासिल गर्ने खेलाडीलाई विजेता घोषणा गरिन्छ।

यता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हालसम्म दुई गोलमा सीमित छन्। गोल्डेन बुटको दाबेदारी कायम राख्न उनले आगामी खेलहरूमा गोल संख्या उल्लेखनीय रूपमा बढाउनुपर्ने देखिएको छ।

विश्वकप इतिहासमा एकै संस्करणमा सर्वाधिक १३ गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फन्टेनको नाममा रहेको छ। साथै, हालसम्म कुनै पनि खेलाडीले विश्वकप गोल्डेन बुट अवार्ड दुई पटक जित्न सकेका छैनन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.