सोमबार, असार २२,२०८३ 07:18:32
Bizshala
  • सोमबार, असार २२,२०८३ 07:18:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारको गिरावटप्रति ग्राउण्ड जिरोका लगानीकर्ताको चरम निराशा, भन्छन्, ‘न यहाँ जम्न सकियो न अन्य क्षेत्रमा सिफ्ट हुन नै’

Laxmi Sunrise Bank Limited
सेयरबजारको गिरावटप्रति ग्राउण्ड जिरोका लगानीकर्ताको चरम निराशा, भन्छन्, ‘न यहाँ जम्न सकियो न अन्य क्षेत्रमा सिफ्ट हुन नै’

काठमाण्डौ । पछिल्लो समय सरकारको नीति तथा धरकपडले लगानीकर्ताको मनोबल खस्किएको अवस्था छ । रास्वपाको सरकार बनेपछि मात्रै पूँजीबजारबाट सेयर लगानीकर्ताहरुले साढे ४ खर्ब रुपैयाँ सम्पत्ति गुमाएका छन् ।

लगानीकर्ताको मनोबलका खस्किएका कारण पछिल्लो समय ब्रोकर हाउसहरुमा लगानीकर्ताको सहभागिता समेत बाक्लो देखिदैन । असार महिना लगानीको सिजन मानिएपनि यतिबेला लगानीकर्ताहरु सेयरबजारमा लगानी गर्न इच्छुक देखिदैनन् ।

सँधै बाक्लो उपस्थिति रहने ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थित न्यून देखिन थालेको छ । ब्रोकर हाउसमै आउने लगानीकर्ता पनि सेयरबजार भन्दा बाहिरको विषयमा बढी गफिन थालेका छन् ।

बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार घट्टेकुलो, अनामनगर र बानेश्वरका ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरिएको थियो । अवलोकनका क्रममा अधिकांश लगानीकर्ताहरुले अहिलेको सरकारको नीतिमा कुनै स्पष्टता नभएको र आम लगानीकर्तालाई अन्योलतामा राख्दा लगानीको वातावरण सहज नभएको गुनासो देखियो ।

घट्टेकुलोमा मौद्रिक नीतिको पर्खाई

घट्टेकुलोस्थित भिजन सेक्युरिटिजमा बजार खुलेको केही समयमा नै नेप्से सूचक रातो रङमा देखिएको थियो । उक्त ब्रोकरमा सुरुमा जम्मा दुईतिनजना लगानीकर्ता मात्रै थिए ।

एकछिनपछि थप २÷४ जना लगानीकर्ता पनि उपस्थित भए । केहीले सर्ट टर्मका लागि कुन स्क्रिप्ट रोज्ने भनेर सल्लाह माग्दै थिए भने केही लगानीकर्ताले अहिले लगानी गर्न उचित नरहेको बताउँदै थिए ।

एकजना लगानीकर्ताले भने, ‘अब यो सिजनमा त खासै बजार बढ्दैन, तर अहिले वास्तवमै लगानी गर्न उचित समय लाग्छ मलाई त, राम्रो स्क्रिप्ट छानेर लगानी गर्न सके २–३ महिनामा राम्रो रिटर्न आउन सक्ने देखिन्छ ।’

उनको भनाईलाई अर्को लगानीकर्ताले समर्थन जनाउँदै थपे, ‘हो मलाई नि त्यस्तै लाग्छ, अब यो महिनाको अन्तिमसम्म त बजार बढ्ने सम्भावना कम नै छ, तर ३० गतेपछि बजार फर्किन सक्छ, राष्ट्र बैंकको मौद्रिक नीति पनि असार २६ मा आउने कुरा छ, हेरौं त्यसपछि बजार सुधारिन्छ कि !’

अनामनगरमा सन्नाटा !

सँधै बाक्लो उपस्थिति रहने अनामनगरस्थित आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)मा भने आज लगानीकर्ताको उपस्थिति देखिएन । हामी त्यहाँ पुग्दा एकजना लगानीकर्ता मात्रै थिए । ती लगानीकर्ता पनि आफ्नै मोबाइलमा व्यस्त देखिन्थे । बजार दोहोरो अंकले घटिसकेको थियो, त्यसपछि हामी त्यहाँबाट निस्कियौं ।

New Office
CG Motors
Garima Development Bank

अनामनगरमा राजनीतिक बहस

अनामगरस्थित इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५)मा भने लगानीकर्ताहरुको उपस्थिति बाक्लै थियो । उक्त ब्रोकरमा लगानीकर्ताहरु समग्र राजनीतिक र सामाजिक विषयमा बहस गरिरहेका थिए ।

एकजना लगानीकर्ताले मोबाइलमा हेर्दै भने, ‘नेप्सेका सीईओ चूडामणि चापागाईंले पनि राजीनामा दिएछन्, के रहेछ कारण!’

अर्कोले थप्दै भने, ‘राजनीतिक कारण नै होला नि ! नेपालको राजनीतिक अहिले सबै स्क्रिप्टेड छ, सबै विदेशी ईशारामा नेपालको राजनीतिक चलिरहेको छ, अब नेपाली जनता नै भेंडा भए नत्र यत्रो १७२ सिट कसरी ल्याए रास्वाले ।’

एकछिनपछि अर्का एक लगानीकर्ताको प्रवेश भयो । उनले स्क्रिन बोर्डतर्फ नजर लाउँदै भने, ‘बजार त फेरी दोहोरो अंकले गएछ, अस्ति ४० अंकले जति बढेथ्यो त्यो सबै दुईदिनको गिरावटले गइसक्यो ।’

अर्को लगानीकर्ताले आफ्नो सबै स्क्रिप्टको मूल्य २–३ सयका दरले घटेको बताए । ‘मेरो पनि सबै स्क्रिप्टहरु घटेका छन्, झन् यो जेनजी स्क्रिप्टहरु त ३ सय रुपैयाँभन्दा बढीले घटेको छ । यस्तै हो भने त बजारमा रहने अवस्था नै हुँदैन ।’

अहिलेको सरकारको कामकारबाहीलाई आलोचना गर्ने लगानीकर्ताले थपे, ‘अब पूँजीबजारबाट लगानीकर्ताको खर्बौ सम्पत्ति गुम्नुमा खरानी ग्याङ सरकारकै हात छ नि !’

पछाडी बसेका दुईजना लगानीकर्ता भने अहिले ब्रोकर हाउसमा टाइम पासका लागि मात्रै आउन परेको गुनासो पोख्दै थिए । ‘पहिले पहिले ब्रोकर हाउसमा आइन्थ्यो, साथीभाईको सल्लाहअनुसार सेयर किनिथ्यो तर अहिले त्यस्तो अवस्था छैन, ब्रोकरमा आएर हल्ला गर्यो गफ लगायो टाइम पास मात्रै भइरहेको छ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बानेश्वरमा लगानीको उचित क्षेत्रको खोजी

अन्तिममा हामी बानेश्वरस्थित नागरिक स्टक डिलरमा पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो ।

एकजना लगानीकर्ताले अहिलेको समयमा सोझो तरिकाले कमाउनेले काठमाण्डौमा टिक्न समेत मुस्किल हुने बताए ।

‘अहिले सोझो तरिकाले जसले कमाई गर्छ त्यो काठमाण्डौमा बस्न समेत गाह्रो पर्छ, झन काठमाण्डौमा घर बनाउन त सपनाको कुरा’ ती लगानीकर्ताले भने, ‘सेयरबजारबाट पनि इमानदारी तरिकाले कमाई गर्न सकिएको छैन, त्यहि भएर होला बजारमा पनि धेरै चलखेल हुने गरेको ।’

अर्का लगानीकर्ताले सहमति जनाउँदै भने, ‘त्यहि भनेको अब हामी कस्तो क्षेत्रमा लगानी गर्न आइपुग्यौं न त यहाँबाट अब निस्किन नै सहज छ, न त अन्य सेक्टरमा सिफ्ट हुन नै सकिन्छ । आफ्नै व्यवसाय गरौं भने वातावरण राम्रो छैन, खेतीपाती गरौं भने किसानीको समस्या छुट्टै, कुखुरा पालौं भने वर्डफ्लु छ र भएको पैसा बैंकमा राखौं भने ब्याजदर सस्तो छ खान पनि पुग्दैन ।’

अर्का एकजना लगानीकर्ताले भने अहिलेको समयमा अनलाइन प्लेटफर्म प्रयोग गर्नेहरुले राम्रो पैसा कमाइरहेको सुनाए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.