आईतवार, श्रावण ३,२०८३ 09:49:13
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 09:49:13
Bizshala
Global IME Bank Limited

अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व

अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
New Office

काठमाण्डौ । अर्थ मन्त्रालयअन्तर्गतका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व पठाइएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागमा महानिर्देशकसहितका प्रमुख जिम्मेवारी परिवर्तन गरिएको हो।

भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन्। यसअघि निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ।

त्यसैगरी, भन्सार विभागको उपमहानिर्देशकमा सहसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी दिइएको छ।

आन्तरिक राजस्व विभागको महानिर्देशकमा भने सहसचिव डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन्। हालका महानिर्देशक रमेश अर्याललाई पनि अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ।

नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिव हालै बसेको मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयमा सरुवा भई आएका अधिकारी हुन्।

अर्थ मन्त्रालयअन्तर्गत राजस्व प्रशासन, भन्सार व्यवस्थापन र कर प्रणालीको प्रभावकारिताका दृष्टिले भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई अत्यन्त महत्त्वपूर्ण निकाय मानिन्छ। यी दुई विभागको नेतृत्व परिवर्तनलाई मन्त्रालयभित्रको प्रशासनिक पुनर्संरचना र राजस्व परिचालनलाई चुस्त बनाउने प्रयासका रूपमा हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.