काठमाण्डौ । दक्षिण कोरियाली दिग्गज टेक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको नाफामा उछाल आएको छ । कम्पनीले एआई मेमोरी चिप व्यवसायमा आएको बढोत्तरीका कारण कम्पनीको मुनाफा १९ गुणाले बढ्ने प्रक्षेपण गरेको छ ।
कम्पनीले अप्रिलको सुरुवातदेखि जुनको अन्त्यसम्म ८९.४ ट्रिलियन डलर(५८.४ बिलियन डलर) बराबरको मुनाफा आर्जन भएको अनुमान गरेको छ । सामसुङ जस्तै दक्षिण कोरियाका प्रमुख कम्पनीहरुले आधिकारिक प्रतिवेदन सार्वजनिक हुनुअघि नै अनुमानित विवरण सार्वजनिक गर्ने गरेका छन् ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको अनुमानित विवरणअनुसार सेमिकन्डक्डरको माग आपूर्ति भन्दा बढी भएकाले मूल्य वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिमा १७१ ट्रिलियन वनबराबरको बिक्री गरेको जनाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा दोब्बरले बढी हो ।
सामसुङ विश्वकै सबैभन्दा ठूलो चिप उत्पादक कम्पनी हो । जसले एनभिडिया र गूृगल जस्ता कम्पनीका लागि चिप उत्पादन गर्ने गर्छ ।
कम्पनीको मुनाफा बढेको खबर सार्वजनिक भएपनि कम्पनीको सेयरमूल्य भने घटेका छ । मंगलबार कम्पनीको सेयरमूल्य ८ प्रतिशत बढीले ओरालो लागेको छ । केही लगानीकर्ताले कम्पनीको अनुमानित मुनाफ यथार्थ भन्दा बढी हुनसक्ने आँकलन गरेका छन् ।

