शुक्रबार, असार २६,२०८३ 10:26:21
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 10:26:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बुक बिल्डिङमार्फत टाइम फर्मास्यूटिकल्सको आईपीओ प्रक्रिया अघि बढ्यो, शिलबन्दी आशयपत्र बुझाउन आह्वान

Laxmi Sunrise Bank Limited
बुक बिल्डिङमार्फत टाइम फर्मास्यूटिकल्सको आईपीओ प्रक्रिया अघि बढ्यो, शिलबन्दी आशयपत्र बुझाउन आह्वान

काठमाण्डौ । टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम जारी पूँजीको २०.२५ प्रतिशत अर्थात् १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो। यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट बिक्री गरिनेछ।

New Office
CG Motors
Garima Development Bank

यस सम्बन्धमा कम्पनीले असार १९ गते काठमाण्डौस्थित होटल याक एण्ड यतिमा रोडशो कार्यक्रम सम्पन्न गरेको जनाएको छ। रोडशो सम्पन्न भएसँगै बुक बिल्डिङ निर्देशिकाको दफा ७ बमोजिम योग्य संस्थागत लगानीकर्तालाई गोप्य शिलबन्दी आशयपत्र पेश गर्न आह्वान गरिएको हो।

इच्छुक योग्य संस्थागत लगानीकर्ताले आगामी असार २६ गते साँझ ५ बजेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गोप्य शिलबन्दी आशयपत्र बुझाउनुपर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, प्राप्त शिलबन्दी आशयपत्रहरू असार २९ गते बिहान ८ बजे नेप्सेको कार्यालय, सिंहदरबार प्लाजामा खोलिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.