शुक्रबार, असार २६,२०८३ 02:18:56
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 02:18:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही हुने

Laxmi Sunrise Bank Limited
अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही हुने

 

काठमाण्डौ ।  शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृतिबिना ए–लेभल, सिबिएसई, आईबीडीपीलगायत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विदेशी सम्बन्धनमा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार र प्रभावकारी नियमनका लागि ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३’ स्वीकृत गरेपछि मन्त्रालयले अनुगमन र कारबाहीमा कडाइ गर्न लागेको हो।

New Office
CG Motors
Garima Development Bank

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी प्राप्त भएको छ। त्यस्ता संस्थालाई कानुनी व्यवस्थाबारे पुनः जानकारी गराउँदै अनुमतिबिना कार्यक्रम सञ्चालन नगर्न सचेत गराइएको उनले बताए।

मन्त्रालयले स्वीकृतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थाबारे जानकारी भए तीन दिनभित्र लिखित रूपमा सूचना उपलब्ध गराउन सरोकारवाला सबैलाई आग्रह गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ नियमावलीले नेपालमा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाको सम्बन्धनमा सञ्चालन हुने कार्यक्रमका लागि गुणस्तर, पूर्वाधार, शुल्क, शैक्षिक व्यवस्थापन र अनुगमनसम्बन्धी नयाँ मापदण्ड लागू गर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नियमावलीको मुख्य उद्देश्य विदेशी शैक्षिक कार्यक्रमलाई व्यवस्थित, गुणस्तरीय र उत्तरदायी बनाउँदै उच्च शिक्षाको समग्र गुणस्तर अभिवृद्धि गर्नु हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.