सोमबार, श्रावण १८,२०८३ 07:13:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:13:50
Bizshala
Global IME Bank Limited

ल्हेन्दे खोलामा बाढीको जोखिम बढेपछि रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन बन्द

ल्हेन्दे खोलामा बाढीको जोखिम बढेपछि रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन बन्द
New Office

काठमाण्डौ । ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि आयोजनाको विद्युत् उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य भए सोमबारदेखि पुनः विद्युत् उत्पादन सुरु गरिने जनाइएको छ ।

गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले आयोजनाको बाँधलगायत विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। मर्मत तथा पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको आयोजनामा फेरि क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरुङतर्फ पानी पठाउने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन्।

खोलाको बहावको निरन्तर अनुगमन भइरहेको र अवस्था सुरक्षित देखिएमा विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने समेत जनाइएको छ ।

यसैबीच, भोटेकोसी नदीमा समेत पानीको बहाव बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन तथा नयाँ आयात गरिएका सवारीहरू सुरक्षित स्थानमा सारिएका छन्।

भन्सार यार्डको उत्तरी क्षेत्रबाट बाढी पस्न सक्ने जोखिम देखिएपछि थप सुरक्षा व्यवस्था तथा तटबन्ध निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति समक्ष माग गरिएको छ।

आइतबार साँझ आएको सामान्य बाढीले मैलुङ सडकखण्डबाहेक अन्य क्षेत्रमा उल्लेखनीय क्षति पुर्‍याएको छैन। तर मैलुङ सडकखण्ड जोखिममा रहेकाले केरुङ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी जाने पुरानै मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.