सोमबार, श्रावण १८,२०८३ 07:12:57
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:12:57
Bizshala
Global IME Bank Limited

अस्पतालबाट जेनजी अभियन्ता माजिदको अपिल, ‘मेरो जीवन तथा व्यक्तिगत स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

अस्पतालबाट जेनजी अभियन्ता माजिदको अपिल, ‘मेरो जीवन तथा व्यक्तिगत स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’
New Office

काठमाण्डौ । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले कानूनी प्रक्रिया पूरा नगरी नियन्त्रणमा लिएको र हिरासतमा कुटपिट गरिएको आरोप लगाउँदै आफ्नो जीवन तथा व्यक्तिगत स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

त्रिवि शिक्षण अस्पतालबाट जारी गरिएको वक्तव्यमा अन्सारीले आफूलाई पक्राउ गर्नुको कारण, कानूनी आधार र पक्राउ पुर्जीबारे अहिलेसम्म कुनै जानकारी नदिइएको दाबी गरेका छन्। उनले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आफ्नो पक्राउको कारण सार्वजनिक रूपमा स्पष्ट पार्न माग गरेका छन्।

अन्सारीका अनुसार, कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा बाढीको अवस्थाबारे अनुगमन गर्न पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनले प्रहरी नियन्त्रणका क्रममा कुटपिट भएको दाबी गरेका छन्, जसका कारण आफू अस्पतालमा उपचाररत रहेको बताएका छन्।

उनले आफ्नो वक्तव्यमार्फत सरकारका सम्बन्धित निकाय, संघीय संसदअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग आफ्नो सुरक्षा र स्वतन्त्रताको संरक्षणका लागि पहल गर्न आग्रह गरेका छन्।

अन्सारीले आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको आरोप लगाए पनि नेपाल प्रहरी वा गृह मन्त्रालयले हालसम्म घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

उनका समर्थक अभियन्ताहरूले अस्पतालमै उपचार गराइरहेका अन्सारीलाई जबरजस्ती डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालय लैजाने प्रयास भइरहेको दाबी गरेका छन्। उनीमाथि सार्वजनिक मुद्दा अघि बढाउने तयारी भइरहेको उनीहरूको भनाइ छ।

अन्सारीले भने मानव अधिकार आयोगको उपस्थितिमा मात्र आफू प्रशासनसमक्ष उपस्थित हुने बताएका छन्। मानव अधिकार आयोगलाई घटनाबारे जानकारी गराइएपछि आयोगको टोली अस्पतालतर्फ गएको बताइएको छ।

अन्सारीका समर्थकहरूका अनुसार उनी उपचाररत रहँदा रातभर सादा पोशाकका प्रहरी अस्पताल परिसरमा खटिएका थिए। बिहान प्रहरी उनको उपचार कक्षसम्म पुगेको उनीहरूको दाबी छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.