सोमबार, आश्विन १९,२०८३ 02:20:22
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 02:20:22
Bizshala
Global IME Bank Limited

कर्णालीको विद्युत् अवरोध घटाउन यान्त्रिक क्रेन पठाइँदै

Bizshala
कर्णालीको विद्युत् अवरोध घटाउन यान्त्रिक क्रेन पठाइँदै
New Office

 

काठमाण्डौ । कर्णाली प्रदेशमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या समाधान गर्न सरकारले यान्त्रिक क्रेन उपलब्ध गराउने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको क्रेन कर्णाली प्रदेश पठाउने निर्णय भएको हो।

कर्णालीका विभिन्न क्षेत्रमा लाइन ट्रिपिङ हुँदा बारम्बार विद्युत् सेवा बन्द हुने गरेको छ। आवश्यक उपकरणको अभावमा मर्मतमा ढिलाइ हुँदा लामो समयसम्म विद्युत् आपूर्ति प्रभावित हुने समस्या देखिँदै आएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दुई साताअघि मन्त्री श्रेष्ठले तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गरेका थिए। त्यस क्रममा सुर्खेतसहित कर्णालीका जिल्लामा विद्युत् लाइन मर्मतका लागि यान्त्रिक क्रेन नभएको विषय सम्बन्धित अधिकारीहरूले उठाएका थिए।

नेपाल विद्युत् प्राधिकरणका कर्णाली प्रदेश प्रमुखले पनि मर्मत उपकरणको अभावबारे मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए। त्यसपछि आवश्यक निकायसँग समन्वय गरी क्रेन उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्री श्रेष्ठका अनुसार क्रेनको आवश्यक सर्भिसिङ तथा प्राविधिक प्रक्रिया पूरा भएपछि कर्णाली प्रदेश पठाइनेछ।

क्रेन उपलब्ध भएपछि विद्युत् सेवा अवरुद्ध हुँदा मर्मतका लागि अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसले मर्मत कार्य छिटो हुनुका साथै विद्युत् सेवा पुनः सञ्चालन गर्ने समयसमेत घट्ने मन्त्रालयको विश्वास छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.