सोमबार, असार २९,२०८३ 02:44:06
Bizshala
  • सोमबार, असार २९,२०८३ 02:44:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दराजको ‘फास्ट डेलिभरी’ सेवा सुरु, २६ हजारभन्दा बढी सामान छिटो डेलिभरी हुने

२ हजार ५०० भन्दा बढी विक्रेता सेवामा आबद्ध, खरिदकर्ता र विक्रेतालाई अतिरिक्त शुल्क नलाग्ने

Laxmi Sunrise Bank Limited
दराजको ‘फास्ट डेलिभरी’ सेवा सुरु, २६ हजारभन्दा बढी सामान छिटो डेलिभरी हुने

 

काठमाण्डौ ।  अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले देशव्यापी रूपमा ‘फास्ट डेलिभरी’ सेवा सुरु गरेको छ। यस सेवाअन्तर्गत योग्य सामान ग्राहकलाई यसअघिको तुलनामा छिटो उपलब्ध गराइनेछ।

दराजका अनुसार प्रारम्भिक चरणमा नेपालभरका २ हजार ५०० भन्दा बढी विक्रेताका २६ हजार ६०० भन्दा बढी सामान ‘फास्ट डेलिभरी’ सेवाका लागि योग्य भएका छन्। यो सेवा प्रयोग गरेबापत खरिदकर्ता वा विक्रेताले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।

असार २६ गतेदेखि सुरु भएको सेवाले दराजको अर्डर व्यवस्थापन प्रणाली र देशव्यापी लजिस्टिक्स सञ्जाललाई संयोजन गरी सामान छिटो तथा भरपर्दो रूपमा ग्राहकसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार दराजमा हुने कुल अर्डरमध्ये झन्डै ५० प्रतिशत अर्डर हाल ‘फास्ट डेलिभरी’का लागि योग्य छन्। दैनिक उपभोग्य वस्तु, जनरल मर्चेन्डाइज, इलेक्ट्रोनिक्स तथा फेसनसम्बन्धी उत्पादन यस सेवामा समेटिएका छन्।

दराज नेपालका प्रमुख लजिस्टिक्स अधिकृत सन्तोष बिष्टले ग्राहकले छिटो र भरपर्दो अनलाइन किनमेलको अपेक्षा गरिरहेको भन्दै ‘फास्ट डेलिभरी’ सेवा त्यसैको परिणाम भएको बताए।

“नेपालको लजिस्टिक्स पूर्वाधारमा गरिएको निरन्तर लगानी र ई–कमर्स क्षेत्रप्रतिको दीर्घकालीन प्रतिबद्धताअन्तर्गत यो सेवा सुरु गरिएको हो,” उनले भने, “२ हजार ५०० भन्दा बढी विक्रेता आफ्नो अर्डर व्यवस्थापन क्षमताका आधारमा यस सेवाका लागि योग्य भइसकेका छन्।”

New Office
CG Motors
Garima Development Bank

कसरी हुन्छ ‘फास्ट डेलिभरी’का लागि छनोट?

दराजका अनुसार कुनै प्रचारात्मक छनोटका आधारमा नभई तथ्यांकमा आधारित मूल्यांकनबाट सामानलाई ‘फास्ट डेलिभरी’ ट्याग प्रदान गरिन्छ।

यसका लागि सम्बन्धित विक्रेताले लगातार ९० दिनसम्म तोकिएको समयसीमाभित्र अर्डर पठाउनुपर्नेछ। साथै, कम्तीमा ८० प्रतिशत डेलिभरी ग्राहकसम्म ४८ घण्टाभित्र पुर्‍याएको हुनुपर्ने मापदण्ड तोकिएको छ।

योग्य उत्पादनको सूची दैनिक रूपमा अद्यावधिक गरिने कम्पनीले जनाएको छ। हाल ‘फास्ट डेलिभरी’का लागि योग्य सामानको अर्डरदेखि ग्राहकसम्म पुग्दाको औसत समय ४२.७४ घण्टा रहेको छ।

ग्राहकले दराजको खोज नतिजा, सिफारिस गरिएका सामान तथा उत्पादन विवरण पृष्ठमा ‘फास्ट डेलिभरी’ ट्याग देख्न सक्नेछन्। नयाँ खोज फिल्टर प्रयोग गरेर यस सेवाका लागि योग्य उत्पादन मात्रै हेर्न सकिने व्यवस्था पनि गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उत्पादनको विवरण पृष्ठमा ग्राहकलाई अनुमानित डेलिभरी मितिसमेत देखाइने दराजले जनाएको छ।

दराज नेपालका प्रमुख व्यावसायिक अधिकृत रतिश लुइँटेलले राम्रो अर्डर व्यवस्थापन गर्ने विक्रेतालाई थप दृश्यता प्रदान गरिने बताए।

उनका अनुसार यसबाट खरिदकर्ताले छिटो सेवा पाउने र उत्कृष्ट प्रदर्शन गर्ने विक्रेताको प्रतिस्पर्धात्मक क्षमता पनि बढ्नेछ।

दराजले नेपालमा अनलाइन किनमेललाई थप पहुँचयोग्य, सहज र भरपर्दो बनाउन प्रविधि, लजिस्टिक्स तथा विक्रेता सशक्तीकरणमा निरन्तर लगानी गर्दै आएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.