सोमबार, असार २९,२०८३ 03:44:57
Bizshala
  • सोमबार, असार २९,२०८३ 03:44:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोशी अस्पतालले खाली गरायो अतिक्रमित संरचना

Laxmi Sunrise Bank Limited
कोशी अस्पतालले खाली गरायो अतिक्रमित संरचना

काठमाण्डौ । विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गा संरक्षण अभियानलाई तीव्रता दिँदै अतिक्रमण गरी निर्माण गरिएका ३२ वटा व्यावसायिक सटर हटाएको छ। अस्पताल प्रशासनले सोमबार बिहान प्रहरीको उपस्थितिमा डोजर प्रयोग गरी ती संरचना भत्काएको हो।

अस्पतालको जग्गामा लामो समयदेखि सञ्चालन हुँदै आएका विभिन्न संस्था तथा व्यावसायिक प्रयोजनका सटरहरू हटाइएका हुन्। देवकोटा पुस्तकालय, नेपाल रेडक्रस प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, गणेश मन्दिर र नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका २६ वटा तथा कोशी अस्पतालका छ वटा गरी कुल ३२ वटा सटर हटाइएको छ ।

New Office
CG Motors
Garima Development Bank

अस्पताल प्रशासनका अनुसार संरचना हटाउने निर्णय जग्गा व्यवस्थापन र भविष्यमा स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक स्थान सुरक्षित गर्ने उद्देश्यले गरिएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशनअनुसार तत्कालका लागि खाली गरिएको क्षेत्रलाई घेराबार गरी सुरक्षित राखिने भएको छ।

प्रयोग गर्न मिल्ने र अस्पतालको सेवा विस्तारमा उपयोगी भवनहरू तत्काल नभत्काइने जनाइएको छ। बिरामीको बढ्दो चापअनुसार आवश्यक वार्ड तथा अन्य स्वास्थ्य सेवा सञ्चालनका लागि ती संरचनाको उपयोग गरिने जनाइएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन यसअघि पनि सूचना जारी गरेको थियो। दोस्रो पटक जारी गरिएको सूचनाको समयसीमा सकिनुअघि नै अधिकांश सटर खाली भएपछि प्रशासनले भौतिक संरचना हटाउने प्रक्रिया अघि बढाएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.